घाटामा खसी व्यापार

घाटामा खसी व्यापार

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले घाटामा खसीबोका व्यापार गरिरहेको पाइएको छ। कम्पनीले घाटा खाएर खसीबोका खरिदबिक्री गरी सरकारबाट शोधभर्ना लिने गरेको पाइएको छ। 

कम्पनीले २५ किलोमाथिको खसीलाई प्रतिकेजी ५६५, २० देखि २५ केजीसम्मको ५५०, र बोका ५४५ मा किसानबाट खरिद गर्छ ।

कम्पनीले त्यसमा करिब  १०० रुपैयाँ थपेर ६५० बिक्री मूल्य निर्धारण गरेको छ । बिक्री मूल्यमा कम्पनीले हरेक वर्ष प्रतीकेजी १० रुपैयाँ छुट दिन्छ । उपभोक्ताले ६४० रुपैयाँमा पाउछन् ।  कम्पनीले यस वर्ष दाङ  र मकवानपुरबाट दुई हजार खसीबोका खरिद गरेको छ। शनिबारदेखि थापाथली कार्यालयबाट खसीबोका बिक्री सुरु भएको छ । कम्पनीले यस वर्ष च्याङ्ग्रा  भने ल्याउन सकेन। तीन हजार च्याङ्ग्रा  ल्याउने तयारी भए पनि च्याङ्ग्रा  ल्याउन नसकेको हो। 

कम्पनीले खसीबोका बिक्रीको मापदण्ड बनाएको छैन। कम्पनीले प्रतिकेजी १० रुपैयाँ सस्तोमा दिने गरेको छ।  कम्पनीले बजार हस्तक्षेप गर्न हरेक वर्ष खसीबोका बिक्री वितरण गर्छ। यसबाट उपभोक्ताले भन्दा व्यापारीले नै लाभ लिइरहेका छन्। एउटै व्यक्ति (व्यापारी) धेरै पटक दोहोरिएर सहुलियतरूपमा बिक्री हुने खसीबोका खरिद गरेर चर्को मूल्यमा बिक्री गर्छन्। बुच्छरले लगेर मासु महँगोमा बिक्री गर्दा अधिक लाभ पाउँछन्। कम्पनीका प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले सकभर दोहोरिएर आउनेलाई खसीबोका नदिने गरेको बताइन्। व्यापारीले सस्तोमा खसी पाउनका लागि पटकपटक धाउने गरेको कम्पनीका कर्मचारीहरू नै गुनासो गर्छन्।  

कम्पनीको बिक्री वितरण प्रमुख भीमबहादुर थापाले दाङ र मकवानपुरबाट यस वर्ष एक÷एक हजार खसीबोका ल्याइएको बताए। कम्पनीले बजारमा मूल्यमा सन्तुलन ल्याउने उद्देश्यले हरेक वर्ष खसीबोका तथा च्याङ्ग्रा ल्याउने गरेको जनाए पनि यसबाट सर्वसाधारणभन्दा व्यापारी नै मालामाल भएका छन्।  कम्पनीले घाटा खाएर पनि उपभोक्तालाई सस्तोमा खसीबोका बिक्री गरिरहेको विभागीय प्रमुख थापा बताउँछन्। ‘सामाजिक उत्तरदायित्व सम्झेर हामीले खसीबोका खरिद गरी बिक्री गर्र्छाै’ उनले भने, ‘यसबाट हामीलाई नाफाभन्दा घाटा छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.