भारतले अनावश्यक माग राखेको चीनको आरोप
बेइजिङ : विवादित सीमा सम्बन्धमा भारतले अनावश्यक माग राखेको चीनको आरोप छ । दुई देशबीच सोमबार बिहान सम्पन्न १३ औं सैन्य बैठकपछि चीनले भारतले सीमा सम्बन्धमा अनावश्यक माग राखेको आरोप लगाएको हो ।
चिनियाँ वेस्टर्न थियटर कमान्डका प्रवक्ता लोङ साओहुवाले दुई देशबीचको उच्चस्तरीय सैन्य बैठकमा भारतले अनावश्यक माग राखेको दाबी गरेका छन् । ‘वार्तामा चिनियाँ पक्षले भने विवादित सीमा समस्या समाधानका लागि इमान्दारिकताका साथ ठूलो प्रयास गरिरहेको छ, 'उनले भनेका छन्, ‘तर भारतीय पक्ष भने अझै पनि अनावश्यक र अनुचित मागमै ढिपि कसिरहेको छ । यसले दुई पक्षीय वार्तालाई अझै कठिन बनाएको छ।’
यता भारतले भने विवादित सीमानाको अवस्था सुधार्न दिइएको सुझाव चीनले अस्वीकार गरेको भन्दै चीनको आरोप अस्वीकार गरेको बताइएको छ । मोल्दोमा बसेको १३ औं बैठकको बार्तामा चीन र भारतले एक अर्कालाई दोषारोपण गरेको साउथ चाइना मर्निङ पोष्टमा खबर छ ।
दुई पक्षीय सो वार्ता निस्कर्षबिना टुंगिएको बताइएको छ।