'ग्लोबल वार्मिङ्ग' यात्रा : कोलकत्तादेखि जनकपुरसम्म

'ग्लोबल वार्मिङ्ग' यात्रा : कोलकत्तादेखि जनकपुरसम्म

जनकपुरधाम : 'नदी नाला बचाउ, रुख बिरुवा जोगाऔं' सन्देश लिएर भारतको कोलकत्ता २४ परगना निवासी रामप्रसाद नस्कर पछिल्लो डेढ महिनादेखि नेपाल भारतको यात्रामा जनकपुरधाम आइपुगेका छन्। भारत र नेपालसहित विश्वमा दिनानुदिन 'ग्लोबल वार्मिङ्ग' अर्थात पर्यावरण प्रदूषणबारे जागरुकता गर्ने अभिप्रायका साथ उनले कोलकत्तादेखि जनकपुरधाम सम्मको यात्रा तय गरेका हुन्। 

कोलकत्ताबाट दिल्ली, युपी, विहारको पटना, सिलिगुडी हुँदै काकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका रामप्रसाद नस्करले कोशी, कमलाको अवलोकन भ्रमण तथा सचेतना फैलाउँदै जनकपुरधामसम्म आइपुगेका छन्। २० सेप्टेम्बरमा कोलकत्ताबाट निस्किएका उनी जनकपुरधाम हुँदै काठमाडौं, मुक्तिनाथ, पोखरा, लुम्बिनी हुँदै पुनः भारत फर्किने अन्नपूर्णलाई बताए। 

कोलकत्तामै शिक्षक पदमा कार्यरत रहेका नस्करले युवा सेवा एवंं खेल विभागबाट प्रदूषण कंट्रोल बोर्डको अनुमतिमा ग्लोबल वार्मिङ्गंको लागि साईकल यात्रा शुरु गरेको बताए। प्रदूषण कंट्रोल बोर्डसँगको सहकार्यमा पर्यावरण प्रदूषण रोक्न खाली ठाउँमा रुखविरुवा लगाउने तथा उमेर नपुगेका रुख विरुवा कटानमा रोक लगाउने सन्देश लिएर उनी यात्रा गरिरहेका छन्। 

'गंगा, कोशी, कमला, बागमति, गण्डकी जस्ता नदीनालाहरु प्राकृतिक सम्पति हो, यस प्रकारको प्राकृतिक सम्पतिबाट कोरोडौं मानिसले लाभ लिन्छन, तर दिनानुदिन प्रदूषित र दृषित हुनबाट रोक्न सरकारसँगै आम नागरिक समेत अघि बढ्नुपर्छ भन्ने सन्देशका साथ म साईकिल यात्रामा पटक-पटक निस्किन्छु,' 'मेरो यात्राबाट केही मानिसले समेत प्रकृतिको सम्मान गर्न सिक्छ भन्ने त्यो मेरो लागि ठुलो कुरा हुनेछ,' नस्करले भने, ‘यात्राको क्रममा पानीमा प्रदूषण, प्लास्टिकको उपयोगको साथै बोटबिरुवा काट्ने गरेको र यसले देशलाई अत्यधिक नोक्सान रोक्न तथा जागरुकता जगाउन देश विदेशको भ्रमणमा निस्किन्छु, यसले थोरै भएपनि वातावरणमा सहयोग मिल्यो भने म हर्षित हुन्छु।’

यसअघि उनले बङ्गलादेशसहित भारतको झारखण्ड, उड़ीसा, छत्तीसगढ़, महाराष्ट, आन्ध्र प्रदेश, कर्नाटक, केरल, पांडिचेरी, कन्याकुमारी, गोवा, गुजरात, भोपाल, राजस्थान, दिल्ली, जम्मू कश्मीर, चंडीगढ़, पंजाब हरियाणा, हिमाचल प्रदेश, उत्तराखंड, लखनऊ, इलाहाबादसहितको यात्रा गरिसकेका छन्। उनी प्रत्येक दिन सय देखि १ सय ५० किलोमिटर सम्मको यात्रा तय गर्छन्। बाटोघाटो बस्नेदेखि खानेसम्म व्यवस्था आफै गर्ने र केही स्थानहरुमा सहयोग समेत पाउने गरेको उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.