भूत भगाउन 'भूत मेला'

भूत भगाउन 'भूत मेला'

जनकपुरधाम : भूत, पिशाच, कालो जादु, टुनामुना, बोक्सा बोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोधारमा परेकालाई निको पार्ने भुत मेला शुरु भएको छ। वडा दशैँमा अनादिकालदेखि भूत मेलाका लागि प्रख्यात महोत्तरीको सोनामाई मन्दिरमा भूत मेला लागेको छ। 

महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई शक्तिपीठमा परापूर्वका देखि विजया दशमीको दिनसम्म चल्ने भूत मेलामा हजारौं पीडित (कारनी) र दर्शनार्थी आउन थालेका छन्। प्रत्येक वर्ष फुलपातीदेखि विजयादशमीसम्म मेलामा भूत-प्रेत, बोक्सा बोक्सी र मृत दुष्ट आत्माले सताइएका पीडित आउने र सोनामाईको कृपाले निको भएर जाने जनविश्वास रहेको मन्दिरका पुजारी कामेश्वर झाले बताए। 

मन्दिरको सीमा क्षेत्रमा आउने बित्तिकै आफू कसबाट सताइएको भन्नेबारे लड्दै-पड्दै, रुँदै-हाँस्दै आफैँ बाेल्न थाल्दै देवी दरबारसम्म पुग्ने र माताको दृष्टि परेपछि निको भई आ–आफ्ना घर फर्कने गरेको अर्का पुजारी झगरु झाले बताए। मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, सप्तरी रौतहट, सुनसरी, मोरङ काठमाडौँदेखि सिमावर्ती भारतका सीतामढी, मधुवनी र पटनासम्मका मृत दुष्ट आत्मबाट सताईएका पीडित महिला तथा पुरुषहरु दुःख निवारणका लागि आउने गरेको पुजारी झाले बताए।

सोनामाई शक्ति पीठमा धामी झाँक्री रातदिन भजनकीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन् भने, २४ सै घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितहरुको पीडा हरण गर्ने गरेको पूजारी झाले बताए। सोनामाईमा भूत मेलामा आत्माले सताइएका आउँछन र निको भएर जाने जनविश्वको छ। यो परापूर्वकालदेखि नै चल्दै आएको मान्यता हो। 

मेलामा एकैदिन हजारौं बोकाको बलि चढाईने साथै केयाै‌ संख्यामा रागांको बलि समेत चढाईछन्। सोनामाई मन्दिरमा ३ सय ६५ दिन नै बोकाको बलि चढाईन्छ। सामान्य दिनको तुलनामा सप्तमीदेखि विजया दशमीसम्म बढी बलि चढाउने गरिएको सहायक पुजारी अरुण झाले बताए। 

सोनामाईको असिम कृपाले निको भएर गएका भारत मधुवनी हिंसार बरहीकाकिरण देवी महतोले आफ्नो दुःख निवारण भएपछि भाकल गरेको बोका बलि चढाउन आएको बताईन्। माताको दरबारमा एकपटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूतप्रेत र बोक्सा बोक्सीको शक्ति नलाग्ने विश्वास जनमानसमा रहेको छ।
भूत भगाउन 'भूत मेला'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.