अब पनौतीबाटै मुक्तिनाथ दर्शन

अब पनौतीबाटै मुक्तिनाथ दर्शन

काभ्रे : काभ्रेको पर्यटकीय सांस्कृतिक नगर पनौती नगरपालिका ५ बाँसघारीमा मुक्तिनाथ मन्दिर स्थापना भएको छ। प्राचीन मन्दिरै मन्दिरले भरिभराउ पनौतीमा एक एेतिहासिक मठ मुक्तिनाथ मन्दिर थप भएको हो ।

पनौतीमा स्थापना गरिएको उक्त मन्दिर सोमबारबाट प्राणप्रतिष्ठा गरेर दर्शनार्थीका लागि खुला गरिएको छ । २०७४ असोज ४ मा शिलान्यास भएर निर्माण सुरु गरिएको मन्दिरको औपचारिक रुपमा सोमबारबाट खुल्ला गरिएको हो। मुक्तिनाथ पीठाधीश्वरको स्वामी कमलनयनाचार्यले हिन्दु विधिअनुसार सोमबार दिउँसो समुदघाटन गरेका हुन् ।

पनौती नगरपालिका ५ निवासी गोपालबहादुर थापाको पकिल्पनाअनुसार उक्त मन्दिर निर्माण भएको हो। थापाको अगुवाईमा २०७३ सालमा महायज्ञ लगाएको थियो । सो महायज्ञबाट उठेको ५८ लाख रकमले मन्दिर निर्माणको प्रक्रिया अघि बढेको थियो ।

मुक्तिनाथ मन्दिर निर्माणको लागि वागमती प्रदेश माननीय चन्द्र लामाको पहलमा २५ लाख र पनौती नगरपालिका मेयर भीम न्यौपानेले नगरबाट २५ लाख मन्दिर निर्माणका लागि बजेट विनियोजन गरिएको निर्माण समितिले जनाएको छ।

अन्य सहयोगी दाताहरुको सहयोग र स्थानीय प्रदेश सरकारको सहयोग गरी जम्मा १ करोड ६७ लाखमध्ये १ करोड ५९ लाख खर्च भएको र बाँकी रकम अक्षयकोषमा जम्मा गरिने निर्माण समितिका सदस्य राजेन्द्र कुमार थापाले जानकारी दिए ।

मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरकैजस्तो पूजा विधि, विधान गर्ने गरी कमलनयनाचार्यकै अनुमतिमा पनौतीमा मन्दिर स्थापना भएको मन्दिर निर्माण अभियान्त निर्माण समितिका अध्यक्ष गोपालबहादुर थापाले बताए।

थापाका अनुसार मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा नै बसेर पूजालगायत विधि सिकेर आएका आचार्य पूजारीले दैनिक पूजाअर्चना, भोग, आदि हुने बताए ।  मुक्तिनाथ मन्दिरमै पुगेर दर्शन गर्न नसक्ने अशक्त, वृद्धलगायत अन्य भक्तजनलाई लक्षित गर्दै मुक्तिनाथ बाबाकै सल्लाहमा मन्दिर स्थापना गरिएको निर्माण समितिको अध्यक्ष मन्दिर निर्माणको अभियान्त थापाले जानकारी दिए ।

मुक्तिनाथ मन्दिर ६ रोपनी जग्गामा निर्माण भएको निर्माण समितिको सदस्य नारायण थापाले जानकारी दिए । मन्दिर परिसरभित्र १ सय ८ धारा, २ वटा पाटी, पूजारी घर, शौचालय, महिला र पुरुषका लागि कपडा फेर्ने अलग-अलग कक्ष, पार्किङको समेत व्यवस्थापन गरिएको थापाले बताए ।

प्राचीन सहर पनौतीमा हरेक १२ वर्षमा लाग्ने मकर मेला यहि वर्षको माघ महिनाभर लाग्ने छ । १२ वर्षमा लाग्ने मकर मेला भर्न आउने दर्शनार्थीहरुको लागि महत्वपूर्णरुपमा मुक्तिनाथ मन्दिर पनि एक हुने मेयर भीम न्यौपानेले जानकारी दिए ।

नगर भित्रको धार्मिक धरोहरहरुको संरक्षण र प्रचार गर्दै यो सालमा लाग्ने मकर मेलामा धेरैभन्दा धेरै दर्शनार्थीहरु भित्र्याउनका लागि नगरले विभिन्न कामहरु गरिरहेको पनौती नगरपालिका मेयर भीम न्यौपानेले बताए । मकर मेला भर्न आउने दर्शनार्थीहरुको लागि मुक्तिनाथ मन्दिरले थप सोभा दिने मेयर न्यौपानेले विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.