तीन बिरामीको हत्या गरेकी नर्स भन्छिन्, ‘कुनै पश्चाताप छैन’

तीन बिरामीको हत्या गरेकी नर्स भन्छिन्, ‘कुनै पश्चाताप छैन’

टोक्यो: उपचारको क्रममा तीन बिरामीको हत्या गरेको आरोप लागेकी जापानकी एक पूर्वनर्सले आफ्नो अपराध स्वीकारेकी छन् । उनले सन् २०१६ मा आफूले श्रृंखलावद्ध तरिकाले तीनजना बिरामीको निर्ममतापूर्व हत्या गरेको स्वीकारेकी हुन् । 

नर्सले बिरामीको हत्यापछि पनि आफूलाई कुनै पश्चाताप नभएको बयान दिएकी छन् । आफूले बिरामीको हत्या गर्नुको कारण खुलाउँदै उनले भनेकी छन्, ‘म मेरो पेशाबाट शारीरिक र मानसिकरुपमा थकित भइसकेकी थिए । आफू मरेर अरुलाई बचाउन नसक्ने अवस्थामा पुगेपछि मैले तीनै बिरामीको हत्या गरे । गल्तीबिना मैले मेरो काम गरेको मात्र हो । यसमा मलाई कुनै पश्चाताप छैन ।’

हत्या स्वीकारेकी उनलाई हाल योकोहामा जिल्ला अदालतमा राखिएको छ । अदालतले पीडितका आफन्त, आरोपितका बुवाआमा र अन्य कर्मचारीको बयानका आधारमा सजाय सुनाउने बताइएको छ । उनलाई कम्तीमा पाँच वर्षदेखि जन्मकैदको सजाय हुन सक्ने अदालतले जनाएको छ । 

को हुन् ती नर्स ? 

जापानको योकोहामास्थित ओगुची अस्पतालमा कार्यरत थिइन्, ३४ वर्षीय आयुमी कुवोगी । सन् २००८ मा नर्सको प्रमाण पत्र पाएकी उनले सोहि वर्षदेखि आफ्नो करियर सुरु गरिन् । करियरसँगै उनी विरामीको सेवामा ८ घण्टाभन्दा लामो समयसम्म खटिने गर्थिन् । सुरुवाती चरणमा बिरामीको राम्रो हेरचाह र उपचार गर्ने आयुमी तोकिएको समयभन्दा लामो समयसम्म बिरामीको सेवामा समर्पित हुन्थिन् । 

उनले गरेका कतिपय उपचार सफल बन्थे भने कतिपय असफल । असफल उपचारपछि उनले बिरामीको ज्यान जोगाउन असमर्थ हुन्थिन् । आफूले गरेको उपचार असफल बनेपछि आयुमी डिप्रेसनको सिकार बनेकी थिइन् । डिप्रेसनको उपचारस्वरुप आयुमीले निदाउने औषधि सेवन गर्ने गरेकी थिइन् । 

असफल उपचारपछि आयुमीलाई सन् २०१५ मा ओगुची अस्पतालमा आगामी २५ वर्षको लागि खटाइएको थियो । जहाँ उनीकहाँ उपचार गर्न आउने अधिकांश बिरामी बुढापाका र दिर्घकालीन रोगी हुन्थे । उनको डिप्रेसन झनै बढेको थियो । 

यसरी भएको थियो हत्या

उपचारको लागि ओगुची अस्पतालमा भर्ना भएका तीन जनाको ज्यान जाने गरी भएको सो घटना सन् २०१६ सेप्टेम्बरमा भएको थियो । तिनै बिरामीलाई एक महिनाको अन्तरालमा मार्ने योजना बनाएको आरोपित नर्सले बताएकी छन् । 

आफ्नो पेशाबाट थाकेकोले बिरामीको सलाइनमा डिटर्जेन्ट सोडा मिसाएर तिनवटै बीरामीको हत्या गरेको अदालतसामु बयान दिएकी छन् । ‘पेशाको कारण म थकित थिए । हत्या गरिसकेपछि मेरो शरीर र मस्तिष्क दुवैलाई राहत मिलेको थियो । त्यसैले मलाई अझैपनि कुनै पश्चाप छैन’ अदालतसँगको बयानमा उनले भनेकी छन् । 

नर्स कुवोगीले हत्या गरेका दुई बिरामी ८८ वर्षका थिए भने एक बिरामी ७८ वर्षका थिए । तत्कालिन समयमा सो घटनाले जापानमा निकै चर्चा कमाएको थियो । उनले आफूले गरेको अपराध सन् २०१८ मा स्वीकारेकी थिइन् । यद्यपि मानसिक रोग डिप्रेसनको कारण उनले बिरामीको हत्या गरेको भन्दै अदालतले हत्याको सजाय सुनुवाइमा ढिलाइ गर्दै आएको थियो । 

अदालतले उनको अपराधको सजाय आगामी नोभेम्बरमा सुनाइने बताइएको छ ।

- (रिपोर्टर हानाको मोन्टागोमेरिले भाइस न्युजको लागि गरेको रिपोर्टिङमा आधारित अनुवादीत अंश ।)
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.