नर्वेमा तीर हानेर पाँचको हत्या

नर्वेमा तीर हानेर पाँचको हत्या

नर्वे : नर्वेमा  तीर प्रहारबाट पाँच जनाको हत्या भएको छ। राजधानी ओस्लोदेखि दक्षिण–पश्चिम क्षेत्रमा रहेको कोंग्सबर्ग सहरमा गएराती एक व्यक्तिले सर्वसाधारणलाई लक्षित गर्दै अन्धाधुन्ध तीर हानेका थिए। तीर प्रहारबाट पाँच जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा ३६ वर्षीय डेनमार्कका नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान सुरु गरेको छ। नर्वेका प्रधानमन्त्री एर्ना सोलबर्गले प्रहरीले घटना नियन्त्रणमा लिइसकेकाले नडराउन सर्वसाधारणलाई आग्रह गरेका छन्। प्रधानमन्त्री सोलबर्गले रोयर्टसलाई  सो घटना ‘भयानक’  भएको प्रतिक्रिया दिएका छन्।

आक्रमणकारीले सुरुमा कोंग्सबर्ग सहरमा रहेको एक सुपरमार्केट भित्र आक्रमण सुरु गरेका थिए। प्रहरीले सो घटनामा आतंकवादी समुह संलग्न भए/नभएको बारे अनुसन्धान सुरु गरेको बीबीसीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.