विस्थापित २३ घरपविारलाई राहत
नुवाकोट : पहिरोका कारण विस्थापित भएका रसुवाका घरपरिवारलाई राहत वितरण गरिएको छ। गोसाइकुण्ड गाउँपालिका ५ स्थित स्याफ्रुबेसी पुरानो बजार वाङबीका २३ घरधुरीलाई राहत वितरण गरिएको हो।
अमेरिकामा बसोबास गर्ने रसुवालीहरूको युएसए रसुवा सोसाइटीले पहिरोका कारण विस्थापित प्रतिघर फाइबर सिरक १ थान, खाना पकाउने ग्यास सिलिन्डर १ थान र प्रतिघर नगद ४ हजार आठ सय रुपैयाँ वितरण गरिएको गोसाइकुण्ड गाउँपालिका ५ स्याफ्रुबेसीका कपिल शेर्पाले जानकारी दिए।
सहयोग राहत सामग्रीहरू स्याफ्रुबेसीका कामी तामाङले गोसाइकुण्ड गाँउपालिका अध्यक्ष कैसाङनुर्पू तामाङ र गोसाइकुण्ड ५ का वडाध्यक्ष सिङ्गीढिण्डुप तामाङमार्फत पहिरो पीडित विस्थापितलाई वितरण गरेका हुन्।
स्याफ्रुबेसीका पुरानो बजार वाङबीमा गत साउन २९ गते मानव बस्तीमाथि रहेको भीरपाखोबाट ढुङ्गा खसेर बस्ती जोखिममा परेपछि बस्ती खालि गरिएको थियो। गाउँका परिवारलाई अन्यत्र सारिएको छ।