कोब्रा प्रयोग गरी श्रीमती मार्ने श्रीमानलाई दोब्बर जन्मकैदको सजाय

कोब्रा प्रयोग गरी श्रीमती मार्ने श्रीमानलाई दोब्बर जन्मकैदको सजाय

केरला : भारतको केरला राज्यका एक पुरुषलाई त्यहाँको अदालतले दोब्बर जन्मकैदको सजाय सुनाएको छ । कोब्रा प्रयोग गरी आफ्नी श्रीमतीलाई मारेको आरोपमा उनलाई केरला अदालतले दोब्बर जन्मकैदको सजाय सुनाएको हो । 

सन् २०२० मा केरला राज्यका २८ वर्षीय सुरज कुमारले श्रीमती उथराको कोब्रा प्रजातीको सर्प र सन्हाई प्रयोग गरी हत्या गरेका थिए । बिरामी उथरा करिब २ महिना लामो उपचारपछि माइतीमा बस्दै आएकी थिइन् । श्रीमतीलाई घर बोलाउन भन्दै ससुराली गएका उनले चाँडै निको हुने भन्दै सन्हाइ र कोब्रा सर्प सुतिरहेकी उथराको शरीरमा फ्याकेका थिए । विषालु सर्पको टोकाईबाट २५ वर्षीया उथराको सन् २०२० मे महिनामा मृत्यु भएको थियो ।

सो घटनापछि माइती पक्षले दिएको उजुरीको आधारमा सुरजलाई प्रहरीले उनकै घरबाट पक्राउ गरी अनुसन्धान थालेको थियो ।सुरजले दाइजोको नाममा श्रीमतीमाथि दमन गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

उथराको मृत्युपछि दाइजोबाट प्राप्त सम्पती आफ्नो नाममा गर्ने लोभले उनले पटकपटक श्रीमतीको हत्या गर्न खोजेको र अन्तिमपटक कोब्रा प्रयोग गरी श्रीमतीको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

सोहि आधारमा सोमबार केरलाको कोलाम अदालतले सुरजले पटक पटक श्रीमतीलाई मार्न खोजेको पुष्टि गरेको थियो । बुधबार अदातले उनलाई श्रीमती मारेको आरोपमा दोब्बर जन्मकैदको सजाय सुनाएको स्थानिय सञ्चार माध्यममा खबर छ । 

अदालतले सुरजले पाएको सो सजायलाई सबैभन्दा दुर्लभ अपराधको सजाय भएको बताएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.