तिब्बतीयन भ्लगरको हत्यारालाई चीनले सुनायो मृत्युदण्ड
बेइजिङ : चर्चित तिब्बतीय भ्लगरका हत्यारालाई चीनले मृत्युदण्डको सजाय सुनाएको छ । इन्टरनेटमार्फत लाइभ प्रसारण गरि हत्या गरेको आरोपमा चर्चित तिब्बतीयन भ्लगर ल्हामोका हत्यारालाई चीनको एक अदालतले मृत्यु दण्ड सुनाएको हो ।
सन् २०२० मा भ्लगर ल्हामोको हत्या उनकै पूर्वश्रीमान टाङ लुले गरेको र उनले हत्याको लाइभ प्रसारण गरेका थिए । सोहि आरोपमा पक्राउ परेका टाङलाई चीनस्थित सिचुआन प्रान्तको पिपुल्स अलालतले दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको सीसीटिभि न्युजमा समाचार छ ।
सीसीटिभी न्युजका अनुसार तिब्बतीयन भ्लगर ल्हामो आरोपित टाङ लुकी पत्नी थिइन् । सो दम्पतीले सन् २०२० को मध्यतिर डिभोर्स गरेका थिए । डिभोर्स गरेको तिन महिनापछि पूर्वपत्नी ल्हामोलाई चक्कु र पेट्रोल लिएर भेट्न गएका थिए ।
उनले ल्हामोको शरिरमा पेट्रोल छर्केर हत्या गरेको र सो भिडियो मृतककै मोबाइलबाट कैद गरेर लाइभ प्रसारण गरेका थिए । घटना भएको दुई हप्तापछि ३० वर्षीय ल्हामोको मृत्यु भएको थियो ।
सो घटनाले चीनमा घरेलु हिंसाबारे बहस चलाएको थियो । घटना क्रुर भएको र चीनको कानुनको उल्लंघन गरेको भन्दै अदालतले उनलाई हालै मृत्युदण्ड सुनाएको बताइएको छ ।