ताइवानको १३ तले भवनमा आगलागी, ४६ को मृत्यु, दर्जनौं घाइते
ताइपेइ : दक्षिण ताइवानको एक १३ तले आवासीय भवनमा भीषण आगलागी भएको छ । बिहीबार भएको आगलागीमा परि ४६ को मृत्यु भएको छ भने दर्जनौं बढी मानिस घाइते भएका छन् । ताइवानको दक्षिण भेगमा पर्ने काओसिउङ अवस्थित १३ तले भवनमा बिहीबार बिहान ३ बजे आगलागी भएको थियो । आगलागीमा परि ४६ को मृत्यु भएको र ५५ भन्दा बढी घाइते भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
५५ घाइतेमध्ये १४ मानिस गम्भीर घाइते भएको र घाइतेलाई उपचारको लागि अस्पताल भर्ना गरिएको बताइएको छ । मृककको संख्या अझै बढ्ने आशंका गरिएको छ । आगलागीबाट भवनका अधिकांश तलाहरु ध्वस्त भएको त्यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ ।
सो भवन ४० वर्ष पुरानो रहेको र भवनको भुँइतलामा विभिन्न पसल राखिएको बताइएको छ । आगलागीको कारण भने हालसम्म नखुलेको अधिकारीहरुले जनाएका छन् ।