अफगानिस्तानको मस्जिदमा आक्रमण, १६ को मृत्यु

अफगानिस्तानको मस्जिदमा आक्रमण, १६ को मृत्यु

अफगानिस्तान : कान्दाहारस्थित एक शिया मस्जिदमा भएको आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । अन्य ३२ जना घाइते भएका छन् । मृतक र घाइतेको संख्या बढन सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । कान्दाहार सहरस्थित बिबी फतेमीह मस्जिदमा शुक्रबार विष्फोट भएको हो । बिबी फातिमा मस्जिद शिया उपासकहरुको सबैभन्दा ठूलो मस्जिद हो।

मस्जिदमा शुक्रबारको नमाज पढिरहेका बेला भएको विष्फोटबाट धेरै जनाकोको ज्यान गुमेको हुन सक्ने बीबीसीले जनाएको छ ।  उक्त आक्रमण कसले गरायो भन्ने बारे केही खुलेको छैन । तर सो आक्रमण आत्माघाती बम विष्फोट भएको हुनसक्ने बीबीसीले जनाएको छ । बीबीसीका अनुशार सो आक्रमण इस्लामिक स्टेट समुहले गराएको हुन सक्ने अनुमान गरिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.