अफगानिस्तान विष्फोट : मारिनेको संख्या ३५ पुग्यो, ६८ घाइते
कान्दहर : अफगानिस्तानको कान्दहर सहरस्थित एक शिया मस्जिदमा भएको विष्फोटमा मारिनेको संख्या ३५ पुगेको छ । रोयटर्सका अनुसार शुक्रबार भएको सो विष्फोटमा ६८ जना घाइते भएका छन् ।
कान्दाहार सहरस्थित बिबी फतेमीह मस्जिदमा शुक्रबार विष्फोट भएको हो । बिबी फातिमा मस्जिद शिया उपासकहरुको सबैभन्दा ठूलो मस्जिद हो।
मस्जिदमा शुक्रबारको नमाज पढिरहेका बेला विष्फोट भएको थियो ।
उक्त आक्रमण कसले गरायो भन्ने बारे अझै केही खुलेको छैन । तर केही दिनअघि भएको त्यस्तै किसिको विष्फोटको जिम्मा इस्लामिक स्टेटले लिएको थियो।
यस किसिमको विष्फोटले शिया अल्पसंख्यकमा त्रास पैदा गरेको रोयटर्सले जनाएको छ।