सांसदको हत्यामा आतंकवादीको संलग्न  ः बेलायती प्रहरी

सांसदको हत्यामा आतंकवादीको संलग्न  ः बेलायती प्रहरी

बेलायत : आतंकवादी समुहले बेलायतमा एक सांसदको हत्या गरेको छ । बेलायत प्रहरीले सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड एम्सको हत्या आतंकवादीले गरेको बताएको छ ।

छुरा प्रहारबाट मारिएका सांसद डेभिड बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीका सदस्य हुन्। प्रधानमन्त्री जोन्सनले घटनाको भत्सर्ना गरेका छन् । उनले डेभिड इमान्दार र आफु निकटका व्यक्ति भएको बताए ।

बेलायत प्रहरीेले सांसद डेभिडको हत्या प्रकरणमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति २५ वर्षीय बेलायती नागरिक हुन् । के उदेश्यले उनले घटना गराएका हुन भन्ने बारे अनुसन्धान सुरु भएको छ । घटनामा अन्य व्यक्तिहरुको संलग्नताबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।  प्रहरीले सांसद डेभिडको हत्या इस्लामिक उग्रवादीले गराएको हुन सक्ने दावी गरेको छ । 

आफ्ना मतदाताहरुसँग छलफल गर्ने क्रममा उनी माथि गएराती छुरा प्रहार भएको थियो ।  छुरा प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.