ड्रोन आक्रमण  : मृतकका आफन्तलाई अमेरिकाले क्षतिपूर्ति दिने

ड्रोन आक्रमण  : मृतकका आफन्तलाई अमेरिकाले क्षतिपूर्ति दिने

काबुल : ड्रोन आक्रमणमा परी ज्यान गुमाउनेहरुका आफन्तलाई अमेरिकी सरकारले क्षतिपूर्ति दिने भएको छ। गत अगष्टमा अफगानिस्तानको राजधानी काबुलमा भएको ड्रोन आक्रमणमा  ज्यान गुमाउनेका आफन्तलाई सरकारले आर्थिक क्षतिपूर्ति दिने भएको हो। 

अमेरिकी रक्षा सचिव र अन्य निकायबीच बिहीबार बसेको बैठकले सो निर्णय गरेको अमेरिकी सेनाको कार्यालयले जनाएको छ। क्षतिपूर्ति कति र कहिलेदेखि वितरण गर्ने भन्नेबारे विवरण भने उल्लेख नगरिएको बीबीसीले जनाएको छ। 

गत अगष्टमा काबुल विमानस्थलनजिकै अमेरिकी सेनाले ड्रोन आक्रमण गरेको थियो। सो आक्रमणमा परी १० अफगान नागरिकको ज्यान गएको थियो। अफगानिस्तानबाट अमेरिकी सेना निकासीको अघिल्लो दिन सो हमला भएको थियो। 

तालिबानविरोधी समूह आइएस–केलाई लक्षित गरी अमेरिकी सेनाले गरेको सो हमलामा परी अन्जानमा नागरिकको ज्यान गएको अमेरिकाले स्पष्ट पारेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.