अमेरिकी अधिकारी दक्षिण पूर्वी एसियाको भ्रमणमा

अमेरिकी अधिकारी दक्षिण पूर्वी एसियाको भ्रमणमा

वासिङटन : अमेरिकी अधिकारीले दक्षिण पूर्वी एसियाको भ्रमण गर्ने भएका छन्। म्यानमार संकटबारे छलफल गर्न अमेरिकी अधिकारीले आगामी हप्ता दक्षिण पूर्वी एसियाली मुलुकको भ्रमण गर्ने बताएका छन्। 

अमेरिकी राज्य विभाग, विभागको अन्तर्राष्ट्रिय विकास विभाग र अन्य एजेन्सीका अधिकारीहरुले संयुक्त रुपमा भ्रमण गर्न लागेको बताइएको छ। सो कार्यक्रमअन्र्तगत अमेरिकी अधिकारीहरुले दक्षिण पूर्वी मुलुक थाइल्याण्ड, सिंगापुर, जापान र इन्डोनसियाको भ्रमण गर्ने क्याडो न्युजमा समाचार छ। 

क्योडो न्युजकाअनुसार अमेरिकी अधिकारीहरुले म्यानमारको अवस्था र त्यहाँको संकटबारे बुझ्न दक्षिण पूर्वी मुलुकहरुसँग भेट्ने छन्। भ्रमण कार्यक्रम आइतबारदेखि शुक्रबारसम्मको लागि तय गरिएको छ। भेटमा अधिकारीहरुले म्यानमार र प्रशान्त क्षेत्रको चुनौतीबारे समेत छलफल गर्ने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.