बढ्यो बिमा व्यवसाय

बढ्यो बिमा व्यवसाय

काठमाडौं : सञ्चालनमा रहेका १९ जीवन बिमा कम्पनीहरूले चालू आर्थिक वर्षको दोस्रो महिनासम्म २८ अर्ब १५ करोड बराबर बिमाबापतको शुल्क आर्जन गरेका छन्। गत आवको तुलनामा ३४.२४ प्रतिशत व्यवसाय वृद्धि भएको छ। गत आवको सोही अवधिमा २० अर्ब ९६ करोड रुपैयाँ आर्जन गरेका थिए।

कम्पनीहरूले सो अवधिसम्ममा ८७ लाख ९६ हजार ८८ ओटा बिमालेख बिक्री गरेर बिमा शुल्क रकम संकलन गरेका छन्। यद्यपि दुई महिनामा मात्रै १४ लाख ६६ हजार ३ सय २९ बिमालेख बापत ११ अर्ब ५४ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरे।  बिमा समितिको तथ्यांकअनुसार चालू आवको उक्त अवधिसम्ममा कम्पनीहरूले कुल बिमा शुल्क अन्तर्गत ६ अर्ब ३७ करोड रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेका छन्। यस्तै, नवीकरणमार्फत् २१ अर्ब ५७ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरे। यससँगै वैदेशिक रोजगार बिमा शुल्कबापत २० करोड रुपैयाँ कमाएका छन्। 

समग्र बिमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सले बिमाबापत सबैभन्दा बढी शुल्क आर्जन गरेको छ। उसले भदौ मसान्तसम्म ७ अर्ब ६२ करोड रुपैयाँ आर्जन गरेको हो। 

यसैगरी सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानले ४ अर्ब ३४ करोडको व्यवसाय गरेको छ। यसपछि एलआईसी लाइफ इन्स्योरेन्सले ३ अर्ब ३६ करोड, नेसनल लाइफले २ अर्ब ४१ करोड, युनियन लाइफले १ अर्ब ३५ करोड एसियन लाइफले १ अर्ब ५ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको छ। यसबाहेकका बिमा कम्पनीहरूले एक अर्बभन्दा कम बिमा शुल्क आर्जन गरेका छन्। सिटिजन लाइफले ९६ करोड, मेट लाइफले ९३ करोड, सूर्या लाइफले ८३ करोड, प्राइमले ७८ करोड, रिलायवल नेपाल लाइफले ६६ करोड, गुराँस लाइफले ६४ करोड, सन् नेपालले ६० करोड, आईएमई लाइफले ५९ करोड, ज्योति लाइफले ५५ करोड र रिलायन्स लाइफ इन्स्योरेन्सले ५१ करोडको व्यवसाय गरेका छन्। यसभन्दा कम गर्नेमा प्रभु लाइफले ४५ करोड, सानीमा लाइफले ३२ करोड र महालक्ष्मी लाइफले २० करोड रुपैयाँबराबरको बिमाबापत रकम संकलन गरेका छन्।  

पछिल्लो समय अर्थात् ३ वर्षअघि ९ ओटा मात्रै जीवन बिमा कम्पनी थिए। यसपछि बिमा बजारमा १० ओटा नयाँ कम्पनी थपिए। जसले बिमा बजार थप प्रतिस्पर्धी बन्दै गएको छ। बिमा प्रडक्टदेखि बिमालेख बिक्रीमा समेत प्रतिस्पर्धा चलेको छ। कतिपय नयाँ बिमा कम्पनीहरूको व्यवसाय पुरानाकोभन्दा बढी सफल भएको देखिएको छ। 

बिमा समितिको तथ्यांकअनुसार पनि भदौसम्म बिमा शुल्क आर्जन गर्ने १० कम्पनीमध्ये नयाँ जीवन बिमा कम्पनीमा युुनियन लाइफ, सिटिजन लाइफलगायत रहेका छन्। समग्रमा बिमा कम्पनीहरूले कोभिडका बाबजुद पनि राम्रै व्यवसाय गरेका छन्। युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण कोभिडले केही असर पारे पनि पछिल्लो समय अर्थतन्त्र चलायमान हुन थालेकाले व्यवसाय फस्टाउँदै गएको बताउँछन्। ‘बिमा कम्पनीको संख्या बढी छ। प्रतिस्पर्धी बजारमा एक कम्पनीले अर्को कम्पनीको ब्रान्ड म्यानेजर तानातान गर्ने प्रवृत्ति छ। यद्यपि वृत्ति विकासका लागि पनि अर्को कम्पनी नजाऊ भन्न मिलेन। यस्ता चुनौतीका बाबजुद पनि हरेक शाखा, कर्मचारी र अधिकर्ताबाट राम्रो व्यवसाय गरिरहेका छौं,’ उनले भने।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.