आन्तरिक पर्यटकको मुस्ताङ 'क्रेज'

आन्तरिक पर्यटकको मुस्ताङ 'क्रेज'

बेनी : केही दिनयता म्याग्दीका होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका पाहुनाहरुले होटल तथा लज भरिभराउ भएका हुन् । दसैंलगत्तै पाहुनाको चाप बढेर होटलहरु भरिभराउ भएका म्याग्दी होटल तथा रेष्टुरेष्ट व्यवसायी संघका अध्यक्ष बाबुराम आचार्यले बताए । ‘देशका विभिन्न ठाउँमा भ्रमणका आएका पाहुनाले होटल भरिएका हुन, 'उनले भने, ‘दुई वर्षपछि यति धेरै संख्यामा पाहुना आएका हुन् ।’

बेनी, गलेश्वर, पोखरेबगर, भुरुङ–तातोपानी, दाना, घोरेपानी, सिंगा तातोपानीका होटलहरु पाहुनाले भरिभराउ बनेका हुन् । होटल तथा रेष्टुरेष्ट व्यवसायी संघका अनुसार बेनीमा रहेका ५० होटलमा एक हजार जना बास बस्न सक्ने क्षमता छ । बेनीका होटलमा पाहुना राख्न नसकेपछि बागलुङ र कुश्मामा पठाएको व्यवसायीले बताएका छन् ।

बडादसैंको टिकाको भोलिपल्टदेखि काठमाडौं, पोखरा, चितवन, बिराटनगर, रुपन्देहीलगायत देशका सबैजसो जिल्लाबाट म्याग्दी हुँदै मुस्ताङ जाने आन्तरिक पर्यटकको ओइरो लागेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्रबहादुर नेपालीले निजी गाडी र मोटरसाइकलमा मुस्ताङ जाने आउने आन्तरिक पर्यटकहरुको संख्या ह्वात्तै बढेको बताए ।

पछिल्लो दुई दिनयता दैनिक पाँच सय बढी सवारी साधन बेनी–जोमसोम सडकमा आवत जावत गरिरहेका उनले बताए । यसअघि दैनिक एक सयदेखि डेढ सय सवारी साधन आवत जावत गर्दथे । पर्यटकीय याम, अनुकुल मौसम, चाडपर्वको बिदा भएकाले विद्यार्थी, व्यापारी, कर्मचारीलगायत विभिन्न पेशा व्यवसाय गर्नेहरु मुस्ताङ घुम्न आएका अन्नपूर्ण गाउँपालिका–३ दानाका होटल ब्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

करिब दुई वर्षपछि पाहुनाको आगमन हुन थालेपछि थला परेका होटल तथा रेष्टुरेष्ट व्वसायीले राहतको महशुस गरेका छन् । पर्यटकीय क्षेत्र खुलाउनुअघि सम्बन्धित पालिकाहरुले स्थानीयबासीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्वस्था मिलाएका थिए ।

भैरहवाबाट मुस्ताङ घुम्नका लागि परिवारसहित आएका अनिल रुङगाटाले लामो समयपछि भएको भ्रमणले 'रिफ्रेस' बनाएको प्रतिक्रिया दिए । गत भदौ २३ गतेदेखि मुस्ताङ र यही असोज १ गतेदेखि म्याग्दीका पर्यटकीय स्थल भ्रमणका लागि खुलाइएको थियो ।

मुस्ताङ जाने आउने सवारी साधनको चाप बढेसँगै बेनी-जोमसोम सडकमा जाम हुन थालेको छ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा सडक भाँसिदा साँघुरिएको सडकमा एकतर्फी सडकमा गाडी फस्दा आवत जावत प्रभावित हुने गरेको छ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा-गजुरमुखीले फसेका सवारी साधन निकाल्ने र नियमित आवत-जावतका लागि सडक मर्मतलाई निरन्तरता दिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.