मृत सागरनजिकै करिब दुई सय मोडलले खिचाए नग्‍न तस्बिर

मृत सागरनजिकै करिब दुई सय मोडलले खिचाए नग्‍न तस्बिर

जेरुसेलम : इजरायलमा करिब दुई सयभन्दा बढी मोडलले नग्न तस्बिर खिचाएका (फोटो सुट) छन् । अमेरिकी फोटोग्राफरले जलवायु परिवर्तनले निम्त्याएको पर्यावरणीय संकटबारे सचेतना दिन नग्न फोटोसुट गराएका हुन् ।

आइतबार इजरायलको दक्षिणी भेगमा पर्ने मृतसागर नजिकैको एक मरुभूमिमा करिब दुई सय महिला र पुरुष मोडलले सामूहिकरुपमा नग्न तस्बिर खिचाएका हुन् । संसारका चर्चित अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकले आफ्नो फोटोग्राफी परियोजनाअन्र्तगत सो तस्बिर खिचेका हुन् । इजरायलको पर्यटन मन्त्रालयले गरेको निम्ताको क्रममा इजरायल पुगेका उनले मृत सागरलाई झल्काउन सामूहिकरुपमा दुई सयभन्दा बढीको नग्न तस्बिर खिचेको जेरुसेलम पोष्टसँग बताएका छन् ।

नग्न तस्बिर खिचाउने क्रममा सयभन्दा बढी मोडलले सेतो रंग शरीरमा पोतेका थिए । फोटोसुटमा महिला र पुरुष गरि करिब दुई सय मोडल उपस्थित थिए । ट्युनिकले जलवायु परिवर्तनले निम्त्याएको पर्यावरणीय संकटबारे सचेतना दिन नग्न फोटोसुट गराएका हुन् ।

५४ वर्षीय फोटोग्राफरले संसारभर दर्जनौ नग्न तस्बिर खिचेका छन् । उनले १० वर्षअघि १ हजार मोडलको नग्न तस्बिर खिचेर चर्चा कमाएका थिए । विभिन्न समसामयिक विषयलाई आधार मानेर ट्युनिकले नग्न तस्बिर खिच्ने गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.