पहाडी जिल्लामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
दार्चुला : सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी, डडेलधुरा र डोटी आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टामा भारी वर्षा भएको छ। हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यूनचापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव नेपालमा परेको छ। त्यसको कारण हाल देशको अधिकांश स्थानमा र सुदुरका पुरै जिल्लामा पानी परेको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले हिजो एक सूचना जारी गर्दै महाकाली नदि तटीय क्षेत्रका वासिन्दालाई सचेत रहन अनुरोध गरेको हो। सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा हिजो साँझ ७ बजेदेखि परेको पानी आजसम्म कम भएको छैन।
जिल्लाको व्यास गाउँपालिकामा हिजोदेखि परेको पानीले हिमपात हुने सम्भावना रहेको सोही ठाउँका स्थानित पदम राज भट्टले बताए, उनले भने, यस्तै बर्षा भयो भने हिउँदमा निकै जाडो हुन्छ। जाडोबाट वृद्धवृद्धाहरुलाई बचाउन गार्हो हुन सक्ने अवस्था छ।
हिजो साँझदेखि परेको पानीले जाडो भएर बाहिर आवतजावत गर्न सकिएको छैन, पशु चौपायाहरुको श्याहार सुसारमा समस्या भएको छ। यस्तै भारी बर्षा अझै १/२ दिन रहन्छ भने पशु चौपाया, बालबालिका र बुढापाकाहरुलाई गार्हो हुनसक्ने अनुमान गरिएको उनले बताए।