जीवन-मरणको दोसाधमा पञ्चा कठायत

जीवन-मरणको दोसाधमा पञ्चा कठायत

बाजुरा : असोजको दोस्रो साता पञ्चा कठायतले कोरोना विरुद्धको खोप लगाइन्। खोपले सामान्य टाउको दुख्ने र ज्वरो आउने समस्या देखियो। बुढीनन्दा नगरपालिका ८ की ३१ वर्षीय पञ्चा असोज २९ गते एक्कासी बेहोस भईन्। बेहोस भएकी कठायतलाई आफन्तले सोही दिन पाण्डुसेन स्वास्थ्य चौकी लगे। स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र रिफर गरियो। 

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा पनि उपचार सम्भव नभएपछि आफन्तले एक दिनको पैदल मार्गबाट उनलाई जिल्ला अस्पताल बाजुरामा प्र्याए। जिल्ला अस्पताल पुग्दासम्म पञ्चाको अवस्था जटिल भइसकेको थियो। जिल्ला अस्पताल बाजुराले आसोज ३० गते धनगढी रिफर गरेको तीन दिन भइसक्दा पैसा नहुँदा अस्पतालको शैयामा उनी जीवन मरणको दोसाधमा छट्पटाइरहेकी छन्।

'जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव छैन, रिफर गरेको तीन दिन भइसक्यो, आर्थिक अवस्था कमजोर भएकाले बाजुरा अस्पतालको शैयामा छट्पटाइरहेकी छन्,' जिल्ला अस्पताल बाजुरामा कार्यरत डाक्टर निमा मर्हजनले भनिन्।

१५ दिन पहिले उनलाई कोभिडको खोप लगाएदेखी टाउको दुख्ने ज्वरो आउने समस्या भइरहेको श्रीमान प्रेम कठायतले बताए। 'जिल्ला अस्पताल बाजुरामा त जेनतेन ऋण गरेर ल्याए, अन्यन्त्र लिन पैसा छैन, अब घरमा फिर्ता लग्नु बाहेक आफुसँग कुनै विकल्प छैन',प्रेमले भने। 'पञ्चाको ९ महिनाको दुधे बालक पनि साथमा छ। अस्पतालले शनिबार नै धनगढी लैजान भनेको छ, तर हामीसँग पैसा छैन, गरिबले त मर्नुभन्दा अरु विकल्प छैन,' उनले दुखेसो पोखे।

जिल्ला अस्पताल बाजुराकी डाक्टर निमा महर्जनका अनुसार कठायतलाई मेनेन्जाइटिस वा हात्तिपाइले हुनसक्छ। अहिले भन्ने सकिने अवस्था छैन, सिटिस्कान, एलपी, एभिजी गरे मात्र रोगको पहिचान हुने महर्जनले बताईन्। उनले भनिन्, 'हामीले त हिजो नै लग्नु भनेका थियौँ, तर सँग पैसा नभएर यतै राखेको हाे।

पञ्चालाई अहिले जिल्ला अस्पताल बाजुरामा अक्सिजनको साहारामा उपचार भइरहेको छ, अस्पतालले चाँडो अन्यन्त्र लग्ने भने पनि आफन्तले लिन नसकेको अस्पतालले बताएको छ। पञ्चालाई बाजुराबाट धनगढी काठमाडौं लग्ने एम्बुलेन्स लिन पैसा छैन, अन्य उपचार त धेरै टाढाको विषय रहेको उनका आफन्तले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.