कोरोनाका कारण पहिलो अफ्रिकी–अमेरिकी विदेशमन्त्री कोलिन पावेलको निधन

कोरोनाका कारण पहिलो अफ्रिकी–अमेरिकी विदेशमन्त्री कोलिन पावेलको निधन

वासिङटन : पहिलो अफ्रिकी–अमेरिकी विदेशमन्त्री कोलिन एल. पावेलको निधन भएको छ। खाडी युद्धका अमेरिकी कमान्डरका रूपमा समेत काम गरेका उनी नेपाल भ्रमण गर्ने पहिलो अमेरिकी विदेशमन्त्री हुन्। 

पावेलले सन् २००२ को जनवरी १८ मा नेपाल भ्रमण गरेका थिए। त्यसबेला तत्कालिन एवम् हालका समेत प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त पत्रकार सम्मेलन गरेका थिए। 

उनको सोमबार ८४ वर्षको उमेरमा कोरोना जटिलताका कारण निधन भएको पारिवारिक स्रोत बताएको न्यूयोर्क टाइम्सले जनाएको छ। उनले कोरोनाविरुद्धको खोप लगाएका थिए। तर कोरोना संक्रमणकै कारण वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरमा उपचारकै क्रममा उनको निधन भएको बताइएको छ।

सन् २००२ जनवरी १८ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटका क्रममा । 

उनले अघिल्लो साता कोरोना खोपको बुस्टर डोज लगाउनुपर्ने थियो। तर बिरामी भएकै कारण बुस्टर लगाएका थिएनन्। अस्पताल स्रोतका अनुसार उनी पार्किन्सन्सको पहिलो चरणको उपचारसमते गराइरहेका बिरामी थिए।

उनकै एक भनाइका कारण सन् २००३ मा अमेरिका इराक युद्धमा होमिएको बताइन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.