भाइरल रोड बग्यो : कर्णाली, सेती र महाकाली खतराको तहभन्दा माथि

भाइरल रोड बग्यो : कर्णाली, सेती र महाकाली खतराको तहभन्दा माथि

सुदूरपश्चिम व्यूरो : असोज ३१ गतेदेखि परेको अविरल वर्षाले सुदूरपश्चिममा वितण्डा मच्चाएको छ । कञ्चनपुरको भीम दत्त नगरपालिकामा २ सय परिवार विस्थापित भएका छन् भने कैलालीका विभिन्न स्थानका एक सय परिवार विस्थापित भएका छन । भित्र्याउनै लागेको धानबाली बगाएको छ ।

पहाडि ७ जिल्ला जोडने भीमदत्त राजमार्ग १६ घण्टादेखि बन्द छ । अविरलरुपमा वर्षा हुने क्रम जारी रहेकाले यसले ठूलो क्षति हुनसक्ने मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ । महाकाली नदीमा पानीको सतह खतराभन्दा माथि पुगेको छ। एकलाख क्वीसेकमा खतरा मानिने महाकालीमा मंगलबार बिहान ९ बजेसम्म ४ लाख ७८ हजार क्वीसेक पानी मापन गरिएको छ ।

यस्तै बाढीले भीमदत्त नगरपालिकाको ऐरी, भुजेला क्षेत्रका २ सय परिवार विस्थापित भएका छन। उनीहरु त्यहाँको एक नीजि बोर्डिड स्कुलमा बसेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शिद्धराज न्यौपानेले बताए । महाकाली नदीमा निर्माणाधिन चार लेनको पुलको पूर्वतिरको क्षेत्रमा बनिरहेको कालोपत्रे सडक बाढीले बगाएको छ ।

निर्माणाधीन पुल पनि खतरामा परेको छ । कैलालीमा सय परिवार विस्थापित भएका छन् । सबैभन्दा बढी, टीकापुर, भजनी, रामपुर क्षेत्रमा डुबान भएको छ । सोमबारसम्म धानको चिन्ता गर्ने किसानहरु अब डुवानमा परिने पो कि भन्ने चिन्तामा छन्।

कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले, रामपुर टीकापुर भजनी क्षेत्र डुवानको खबर आएको बताए । उनले प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका टोलीहरु डुवानग्रस्त क्षेत्रमा खटाइ सकिएको बताए।

कैलालीमा पर्ने कर्णाली नदीको जलस्तर पनि खतराभन्दा माथि गइसकेको छ । कर्णालीमा १० दशमलव ८० मिटर पानी खतराको संकेत हो तर कर्णालीमा बिहान ९ बजेसम्मको जलस्तर ११ मिटर नाघिसकेको छ । मौसम पूर्वानुमान महाशाखाले वर्षा भइरहेकाले तटीय क्षेत्रका जनतालाई सुरक्षित रहन आग्रह गरेको छ। धनगढी बजारको विसालनगर, शिवनगर पनि पूरै डुवानमा परेको छ । सुदूरपश्चिमका पहाडि जिल्ला जोडने एक मात्र भीमदत्त राजमार्ग सोमबार दिउँसोदेखि भासु भीर नजिक अवरुद्ध भएकाले विरामी बोकेका एम्बुलेन्स, सर्वाजनिक सवारी साधनहरु बाटोमै रोखिएका छन् ।

कैलालीको चुरे गाउँपालिकाको खीमडीमा एक दम्पत्ती ठुलीगाडको भंगालामा फसेका छन्। दुबैजनाको हेलिकोप्टरबाहेक उद्धार गर्न नसकिने भएकाले हेलिकोप्टरका लागि गृह मन्त्रालयमा छलफल भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए ।

कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले पानी परिरहेकाले सडक खुलाउन समस्या भइरहेको बताए । उनले सडक खुलाउने कार्य भइरहे पनि पहिरो आउने क्रम जारी रहेको बताए । यस्तै डोटी सदरमुकाम दिपायल बजार खतरामा परेको छ । सेती नदी पुलमाथिबाट बग्न थालेको छ । मौसम विज्ञान विभागले महाकाली, सेती र कर्णाली नदीमा २०७० साल पछिकै ठूलो जलस्तर बढेको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.