महाकाली र कैलालीको टापुमा ७ जना फसे, खराब मौसमले हेलिकोप्टर पुग्‍न सकेन

महाकाली र कैलालीको टापुमा ७ जना फसे,  खराब मौसमले हेलिकोप्टर पुग्‍न सकेन

महेन्द्रनगर : अविरल वर्षाले कञ्चनपुरमा पर्ने महाकाली र कैलालीको ठुलीगाडको भंगालोमा फसेका ७ जना उद्धारको पर्खाइमा छन् । कञ्चपुरको भीमदत्त नगरपालिका -९ खल्लामसेटी भन्ने स्थानमा सोही स्थानका ५ जना महाकालीको भंगोलमा फसेका हुन्।

सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिलामन्त्री पूर्णा जोशीले उद्दारका लागि हेलिकोप्टरको व्यवस्था भइसकेको बताइन्। ‘सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर छ तर मौसम खराबीका कारण उड्न सकिरहेको छैन, मौसममा सुधार आउने वित्तिकै उद्धार हुन्छ,' उनले भनिन् ।

मन्त्री जोशीका अनुसार सुदूरपश्चिम प्रदेशका डीआइजीसहितको टोली खल्लामसेटी पुगेको छ । उनीहरुको ट्युबबाट उद्धारको प्रयास गरिए पनि महाकालीमा साढे चार लाख क्‍वीसेक पानीको बहाव रहेकाले उद्धार गर्न सकिएको छैन ।

कैलालीको चुरे गाउँपालिकाको खिमडीका लोकबहादुर बुढामगर सधैं ठुलीगाडको बगरमा तरकारी लगाउँछन्। यसपाली पनि उनी बगरखेतीका लागि त्यहाँ गएका थिए । ५० वर्षीय  बुढामगर र उनकी श्रीमती अचानक परेको वर्षाका कारण त्यही फसेका छन् ।

मंगलबार बिहानदेखि सातैजनाको उद्धारका लागि प्रयास गरिएपनि मौसम खराबीका कारण उद्धार हुन सकेको छैन । कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले मौसममा सुधार आउने वित्तिकै हेलिकोप्टरबाट उद्धार गरिने बताए ।

उता डडेल्धुरामा पर्ने महाकाली नदी र रंगुन खोलामा फसेका पाँचजनाको भने नेपाल प्रहरीले ट्युबबाट उद्धार गरेको छ । नेपाल प्रहरीका प्रदेश प्रवक्ता एसएसपी विक्रमबहादुर चन्दले डडडेल्धुराका पाँचैजनाको सकुशल उद्धार गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.