सुदूरपश्चिमका पहाडी जिल्लामा टेलिफोन र विद्युत सेवा अवरुद्ध

सुदूरपश्चिमका पहाडी जिल्लामा टेलिफोन र विद्युत सेवा अवरुद्ध

धनगढी : अविरल वर्षासँगै सदूरपश्चिमका पहाडी जिल्लाको टेलिफोन सेवा अवरुद्ध भएको छ । सोमबार रातिदेखि टेलिफोन र विद्युत सेवा अवरुद्ध भएको हो।  निरन्तर वर्षाले उद्धारमा कठिनाइ भइरहेको छ भने क्षतिको विवरण संकलनमा पनि समस्या भइरहेको बताइएको छ।

भीमदत्त पन्त राजमार्गको खानीडाँडामा रुख ढलेर नेपाल टेलिकमको फाइवर अवरुद्ध भएपछि पहाडी जिल्लाको फोनसेवा अवरुद्ध भएको हो । नेपाल टेलिकमका प्रमुख सुरत मल्लले फाइबर टुटेको स्थानमा प्राविधिक टोली पुगिसकेको बताए । ‘राति नै रुख ढलेर सेवा अवरुद्ध भएको छ, बनाउने काम सुरु भइसकेको छ,' मल्लले भने ।

सेवा अवरुद्ध भएपछि स्थानीयले घरमा खबर गर्न पाएका छैनन् । फाइवरमा समस्या आएपछि इन्टरनेट सेवा समेत अवरुद्ध भएको छ । ‘फाइवरको एडीएसएस नै टुटेको छ, यो मुख्य लिंक हो, लिंक नै टुटेपछि समस्या आयो,' टेलिकमका प्रमुख मल्लले भने ।

फाइबर टुटेपछि डडेल्धुरा, डोटी, अछाम, दार्चुला, बझाड, बाजुरा र बैतडी गरी  ७ जिल्लाको टेलिफोन, इन्टरनेट अवरुद्ध भएको हो । कैलाली र कञ्चनपुर सहित पहाडि जिल्लाका अधिकांश स्थानमा सोमबार रातिदेखि विद्युत सेवा पनि अवरुद्ध भएको छ ।

पहाडि जिल्लातिर जाने राष्ट्रिय प्रसारण लाइन, स्थानीय वितरण लाइनहरुमा ठाउँ-ठाउँमा क्षति भएकाले विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ । विद्युत अवरुद्ध भएको स्थानमा प्राविधिक खटाइसकिएको पनि प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.