छोरीले आफूखुसी बिहे गरेको भन्दै बावुले परिवारका ७ सदस्यलाई ज्युँदै जलाइदिए

छोरीले आफूखुसी बिहे गरेको भन्दै बावुले परिवारका ७ सदस्यलाई ज्युँदै जलाइदिए

इस्लामावाद : पाकिस्तानमा एक बावुले छोरीले आफ्नो इच्छाअनुसार बिहे नगरेको भन्दै परिवारका सात सदस्यलाई ज्युँदै जलाइ दिएका छन् । छोरीले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको र आफ्नो आत्मसम्मान गुमेको भन्दै पाकिस्तानका मन्जुर हुसेनले आफ्नै परिवारका सात सदस्यलाई ज्युदै जलाइ दिएका हुन् ।

सो घटना पाकिस्तानको पन्जाव प्रान्तस्थित मुजाफरगढ जिल्लाको हो । इन्डिसेन्डेन्ट रिपोर्टका अनुसार मन्जुर हुसेनले आफ्ना दुई छोरी र पाँचवटा नातिनातिनीसहित आफ्नै परिवारका सातजनालाई ज्युँदै जलाएका हुन् । हुसेनले छोरी फौजिया बिबिले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको भन्दै उनी श्रीमान र नाबालक छोरासहित माइतीमा बसेको बेला आगो लगाएर हत्या गरेका हुन् ।

सो घटनाबाट फौजिया बिबिका पति मेहबुब अहमद मात्र बाँच्न सफल भएको र घटनापछि उनले प्रहरीलाई खबर गरेको बताइएको छ । अहमदको बयानको आधारमा प्रहरीले घटनामा संलग्न भएको भन्दै ससुरा मन्जुर हुसेन र सालो सविर हुसेनलाई पक्राउ गरेको छ ।

प्रहरी अधिकृत अब्दुल मजिदले रोयटर्सलाई बताएअनुसार मृतक फौजिया र अहमदले सन् २०२० मा प्रेम विवाह गरेका थिए । उनीहरुको प्रेम विवाहका कारण दुई परिवारबीच टकराव पैदा सुरु भएको थियो । फौजियाका पिता मन्जुर हुसेन छोरीको  वैवाहिक सम्बन्धविरुद्ध थिए ।

सोहि कारण उनले परिवारका सातै सदस्यलाई ज्युँदै जलाएको प्रहरीको निष्कर्श छ। पाकिस्तानमा हरेक वर्ष करिब १ हजारभन्दा बढी यस्तै प्रकृतिका घटना हुने गरेको मानवअधिकारको एक रिपोर्टले देखाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.