चीन र रुसी युद्धपोतले जापानको मुख्य टापु एकसाथ पार गरे
टोक्यो : चीन र रुसी युद्धपोतले पहिलो पटक जापानको मुख्य टापु सँग-सँगै पार गरेका छन्। दुवै मुलुकको युद्धपोतले सोमबार जापानको मुख्य टापु होन्शु र होक्काइदोको बीच भागमा अवस्थित सुगारु स्ट्रेइट पार गरेका हुन्।
जापानको रक्षा मन्त्रालयले जनाए अनुसार दुवै मुलुकको युद्धपोत एकसाथ पार हुनुको कारण भने हालसम्म बुझ्न सकिएको छैन। ‘चिनियाँ र रुसी युद्धपोतलेसँगै जापानको मुख्य टापु पार गरेको जापानको रक्षा मन्त्रालयले पहिलो पटक पुष्टि गरेको छ। तर त्यसको कारण भने अहिलेसम्म पत्ता लागेको छैन’ मन्त्रालयले भनेको छ।
रक्षा मन्त्रालयकाअनुसार नौ सेनासहित करिब १० वटा युद्धपोत जापानको समुद्र हुँदै प्रसान्त महासागर क्षेत्रतर्फ गएका थिए। उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय युद्धपोत चल्नु गैरकानुनी नभएपनि चीन र रुसको उदेश्यबारे विश्लेषण गर्न बाँकी रहेको रक्षा मन्त्रालयले जनाएको छ।
चीन र रुसले सो क्षेत्रमा यस महिनामा संयुक्त सैन्य अभ्यास गरेको क्योडो न्युजले उल्लेख गरेको छ।