शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क-२ चुत्राबेसीमा एक महिलाले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन् । सन्धिखर्क- २, चुत्राबेसी संखेटारी निवासी ४३ वर्षीय नुमकला विकले आफैले शरीरमा मट्टितेल छर्किएर जल्ने प्रयास गरको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाले बताए ।
उनको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रनाउ थापाले बताएका छन् ।