अस्ट्रेलियन ओपनमा कडाइ

अस्ट्रेलियन ओपनमा कडाइ

लन्डन : कोरोना खोप नलगाउने खेलाडीले अस्ट्रेलियन ओपन टेनिसमा सहभागी हुन नपाउने भएका छन्। मेलबर्नका एक राजनीतिकर्मीले कोरोना संक्रमणलाई मध्यनजर गर्दै कोभिड–१९ विरुद्धको खोप नलगाएका खेलाडीलाई अस्ट्रेलिया र विशेषगरी मेलबर्न प्रवेशमै कडाइ गरिने जनाएका हुन्। 

अस्ट्रेलियन ओपन टेनिसलाई नै मध्यनजर गरेर मेलबर्न प्रवेशका लागि कोरोना खोप अनिवार्य लगाएको हुनुपर्ने प्रावधान बनाउन लागिएको छ। ‘कोरोना खोप नलगाएका खेलाडीले अस्ट्रेलिया प्रवेशले पाउँछन् जस्तो मलाई लाग्दैन’, भिक्टोरियाका डेनियल एन्ड्रयुजले भने, ‘खोप नलगाएका खेलाडीले भिसा पाइहालेमा केही हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। यस बारेमा मैले मात्र भनेको होइन संघीय सरकारले पनि प्रावधान अवश्य ल्याउने छ।’

उनले कोरोना भाइरसले खेलाडीको वरीयता नहेर्ने भएकाले आफू र अरुलाई पनि सुरक्षित राख्न खोप अनिवार्य रुपमा लगाउनु पर्नेमा जोड दिए। ‘कोरोना भाइरसले खेलाडीको वरीयता र कति वटा ग्रान्डस्लाम जितेको छ भनेर हेर्दैन। 

यो अप्रासंगिक विषय पनि हो। तपाई आफू र अरुलाई पनि सुरक्षित राख्न कोरोना खोप अनिवार्य रुपमा लगाउनै पर्छ’, एन्ड्रयुजले भने। अस्ट्रेलियन ओपनका साविक विजेता एवं विश्व नम्बर एक नोभाक जोकोभिचले आफूले खोप लगाएको वा नलगाएको विषयमा बोल्न अस्वीकार गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.