गाउँ पस्यो कर्णाली, टीकापुर बजार जलमग्न

गाउँ पस्यो कर्णाली, टीकापुर बजार जलमग्न

टीकापुर : कर्णाली नदीमा पानीको सतह लगातार बढ्दै गएपछि कर्णाली नदी गाउँ पसेको छ। दुई दिनदेखि भएको लगातारको वर्षाले कर्णालीमा आएको बाढी गाउँ पसेको हो। 

मंगलबार कर्णाली नदीको शाहीपुरबाट कटान गरेर गाउँ पसेको कर्णाली नदी राति पथरैया क्षेत्रबाट कटान गरेर गाउँ पसेको छ। पथरैयामा भएको कटानले कैलालीको जानकी गाउँपालिका र टीकापुर नगरपालिका अधिकांश भूभाग जलमग्न भएका छन्। 

टीकापुर बजार क्षेत्रमा समेत पानी पसेको छ। टीकापुर नगरपालिका नगर प्रमुख तपेन्द्र रावलले बजार क्षेत्रमा पानी पसेको बताउँदै पथरैयाबाट नदीले कटान गरेपछि जोखिम उच्च भएको बताए। टीकापुर नगरपालिका वडा नं. १ का ब्लक नं. ए, बी, सी, १५, १६, १७, १८, २० लगायत क्षेत्रमा बाढी पसेको छ। 

त्यस्तै वडा नं. २ को विजगनगर क्षेत्रबाट कर्णाली नदी गाउँ पस्दा विजयनगर, शक्तिनगर लगायतका सुकुम्बासी बस्ती डुबानमा परेका छन्। 

यता, कर्णाली नदीको शाहीपुर क्षेत्रमा भएको कटानले वडा नं. ५ को शाहीपुर, बसन्ता, वडा नं. ६ को लक्षिनापुर, वडा नं. ७ को सत्ती, पदमपुर, वडा नं. ८ को पुरै क्षेत्र डुबानमा परेको छ। 

कटानले हुलाकी राजमार्ग अन्तर्गत सत्ती नजिक झण्डै दुई सय मिटर बढी हुलाकी सडक कटान गरेको छ भने मोहना नदीमा निर्माण गरिएको तटबन्ध समेत भत्काएको छ। 

बाढीका कारण वडा नं. ५ का सय बढी परिवार बसन्तास्थित त्रिभुवन राष्ट्रिय माविमा सारिएको छ भने वडा नं. ८ को वनगाउँ, अर्नुवा क्षेत्रका शय बढी परिवारलाई राष्ट्रिय निमावि सूर्यपुरमा सारिएको छ। 

उता, जानकी गाउँपालिकाको मूर्तिया, धनवाफाँटा, कुन्ती, लायकपुर शिविर, जगतपुर लगायत झण्डै हजार बढी घर डुबानमा परेका छन्। 

बाढीले हजारौं विघा क्षेत्रमा लगाइएको धानखेती बगाएको छ। कर्णाली नदीमा रातिको समयमा पानीको सतह केही कम भए पनि बिहान फेरि बढेको छ। चिसापानी जल मापन केन्द्रका गेजरिडर पार्वती गुरुङले दिएको जानकारी अनुसार नदीमा पानीको सतह बिहान ६ बजे १२.४० मिटर पुगेको छ। नदीमा पानीको सतह बढिरहेकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। 

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ। बाढीबाट प्रभावितहरुको संख्या यकिन हुन नसकेको टीकापुर नगरपालिकाकी विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.