पहिरोले दुई दिनदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोले दुई दिनदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली : लगातारको वर्षापछि पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ हैबारमा पहिरो खसेपछि दुई दिनदेखिको अवरूद्ध सडक अझै खुल्न सकेको छैन। मध्यपहाडी राजमार्गस्थित खुर्कोट-घुर्मी खण्ड पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा दुई दिनदेखि सयौं सवारी साधन तथा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुरलगायत स्थानबाट दसैं सकेर राजधानी फर्केका तथा दसैंको अन्तिम दिन आफन्तजनकोमा आशिरवाद थाप्न हिँडेकाहरु बीच बाटोमै अलपत्र परेका हुन् । मङ्गलबार बिहानैदेखि अवरुद्ध सडक खुलाउने प्रयास भएपनि लगातारको वर्षाका कारण सडक खुलाउन नसकिएको गोलन्जोर गाउँपालिका ६ का वडा अध्यक्ष पुरूषोतम श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.