घरेलु हिंसाको आरोपमा पूर्वअष्ट्रेलियन क्रिकेट खेलाडी पक्राउ

घरेलु हिंसाको आरोपमा पूर्वअष्ट्रेलियन क्रिकेट खेलाडी पक्राउ

सिड्नी: पूर्वअष्ट्रेलियन क्रिकेट खेलाडी माइकल स्लेटर पक्राउ परेका छन् । उनी घरेलु हिंसाको आरोपमा सिड्नीस्थित आफ्नै घरबाट पक्राउ परेका हुन् । ५१ वर्षीय क्रिकेट 'कमेन्टेटर' लाई प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको बुधबार प्रकाशित स्थानीय मिडियामा खबर छ ।

गत हप्ता माइकलले घरेलु हिंसा गरेको न्यु साउथ वेल्स प्रहरीले पुष्टि गरेको छ । उनीमाथि हाल कुनै कारबाही अघि नबडाएको समेत प्रहरीले जनाएको छ । यद्यपि, आरोपित स्लेटरले भने घटनाबारे मुख खोलेका छैनन्। पूर्वब्याट्सम्यानसमेत रहेका स्लेटर सन् १९९३ देखि २००१ सम्ममा अष्ट्रेलियन क्रिकेट टिममा आवद्ध थिए। उनले करिब ७४ वटा टेस्ट म्याच खेलेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.