कर्णालीको बाढीबाट बर्दियाका १२ सय परिवार प्रभावित

कर्णालीको बाढीबाट बर्दियाका १२ सय परिवार प्रभावित

गुलरिया : मंगलबार कर्णाली नदीमा आएको बाढीबाट बर्दियाको राजापुर तथा गेरुवा क्षेत्रका १२ सय घरपरिवार प्रभावित भएका छन् । तटबन्ध भत्काएर गाउँ पसेको नदीले भौतिक पूर्वाधारसँगै धानवालीमा क्षति पुर्‍याएको छ।

जिल्ला प्रशासन कार्यालय बर्दियाको प्रारम्भिक तथ्यांक अनुसार कर्णाली नदीको बाढीले राजापुर नगरपालिकाको दौलतपुर, चनौरा, नंगापुर, ख्खापुर, तिघ्रा लगायताका वस्तीमा नोक्सानी पुर्‍याएको छ। यस्तै, गेरुवा गाउँपालिकाको सनकट्टी, बनकट्टी, राजीपुरलगायतका क्षेत्रहरु प्रभावित भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बताए । राजापुर नगरपालिका वडा नम्बर १ मा ७ सय ४८, वडा नम्बर ३ मा १ सय २० र वडा नम्बर ७ मा १ सय ५९ गरी १ हजार २७ घरपरिवार प्रभावित भएका छन् ।

शर्माले भने गेरुवा गाउँपालिका वडा नम्बर २ मा १ सय र वडा नम्बर ३ मा १ सय १० गरी २ सय १० दुवै पालिकामा कुल १ हजार २ सय ३७ घरपरिवारका करिब ५ हजार मानिस प्रभावित भए । क्षतिको यकिन तथ्यांक भने आएको छैन । बाढीबाट मानवीय क्षति नभएपनि धानवालीमा पूर्ण क्षति भएको छ। राजापुरका ४ सय २६ र गेरुवाका २४ गरी ४ सय ५० घरपरिवार सुरक्षित आश्रयस्थलमा छन् । बाँकी आफन्तका घरमा सुरक्षित रहेको शर्माले बताए ।

आश्रय स्थलका नागरिकलाई स्थानीय तह, समूह र बर्दिया अक्सिजन बैंकको सहयोगमा पानी, तयारी खाना र १ सय १५ वटा त्रिपाल वितरण गरिएको छ । कर्णाली नदीलगायत आसपासका खोलामा माछा मार्न तथा दाउरा समात्न प्रतिबन्ध लगाइएको छ ।

कर्णाली नदीले बनकट्टीमा तटबन्ध भत्काएर गाउँपालिकामा छिरेपछि ४ वटा गाउँ बाढीबाट प्रभावित भएको गेरुवा गाउँपालिकाका प्रमुख जमान सिंह केसीले बताए । बाढीले सडक भत्काएको छ । किसानले काटेर खेलवारीमा राखेको धानवाली नदीले बगायो । उनले भने,' बाढीले धानबाली नष्ट पार्यो । किसानलाई राहतको व्यस्था गर्न क्षतिको यकिन डाटा लिँदैछौं । उनीहरुलाई वर्षभरी खान पुग्नेगरी आर्थिक सहयोग गर्नुपर्छ ।'

संघीय सरकारले बलियो तटबन्ध निर्माण गरिदिनुपर्ने र किसानलाई नगद राहत सहयोग उपलब्ध गराउन उनको माग छ । कर्णालीको बाढीबाट राजापुर नगरपालिकामा ठूलो  क्षति पुगेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए ।

नगरका ग्राभेल, पक्की, कच्चीलगायतका सडकहरु बाढीले भत्काएको छ । हजारौं विगाह क्षेत्रफलमा काटेर राखिएका धानबाली बगाएको छ । किसानलाई ठूलो क्षति पुगेको छ । नगरपालिकाका विभिन्न भौतिक पूर्वाधारमा क्षति पुगेको छ।

'क्षतिको यकिन तथ्यांक संकलन गर्दैछौं,'उनले भने,' सरकारले भौतिक पूर्वाधारहरु पुर्ननिर्माण गर्दै यातायात सुचारु गराइ दिनुपर्यो ।' किसानलाई वर्षभरी खाद्यान्न पुग्ने गरी राहतको प्याकेज ल्याउन संघीय सरकारले पहल गर्नुपर्ने अधिकृत न्यौपानेको माग छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.