बाढी पहिरोको बबन्डर : सुदूरपश्चिममा १५ को मृत्यु , २५ वेपत्ता

बाढी पहिरोको बबन्डर : सुदूरपश्चिममा १५ को मृत्यु , २५ वेपत्ता

धनगढी : सुदूरपश्चिममा कुबेलाको वर्षाले १५ जनाको ज्यान गएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जारी गरेको बुलेटीनमा डोटीमा सबैभन्दा बढी ९ जना, बैतडीमा चारजना र डडेल्धुरामा दुईजनाको ज्यान गएको हो । यस्तै २५ जना वेपत्ता छन्।

यस्तै डोटीको जोरायल गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ । जसमा घरमा च्यापिएर एकै परिवारका ३ र आफन्त १ गरि ४ जनाको मृत्यु भएको छ । जोरायल गाउँपालिका ३ नवलपुर बस्ने ६३ वर्षीय जोगी सार्की, उनकी ५५ वर्षीया श्रीमती झुपरी सार्की, वडा नम्बर ४ सइगडा बस्ने ४२ वर्षीय शेरबहादुर विक, उनका १८ वर्षीय छोरा मोहन बिक, १३ वर्षीय छोरी पवित्रा विक, सोही वडा घर भएर मामा घर आएका १६ वर्षी रबिन विकको पहिरोमा परि मृत्यु भएको हो ।

यस्तै, डोटीकै शिखर नगरपालिका ११ बारबाटा बस्ने प्रताप बलायरको श्रीमती ३५ वर्षीया मन्धरा बलायरको गोपघाट बजारबाट घर जाने क्रममा पहिरोसँगै आएको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको छ । डोटीमै ११ वर्षका आशिष कुन्जेडा, १४ वर्षीय सागर कुन्जेडाको पनि पहिरोमा परि मृत्यु भएको छ।

डडेल्धुराको गन्याधुराका विष्णु अवस्थी, ६५ वर्षीय  नरपता शाही, बैतडीमा ७१ वर्षीया परुदेवी महरा, २५ वर्षीय भानु पार्की, २१ वर्षीया पवित्रा पार्की र ३ वर्षीय देवन पार्कीको पहिरोले पुरिएर ज्यान गएको  हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.