वर्षाले विद्यालय भवन भत्कियो

वर्षाले विद्यालय भवन भत्कियो

बेनी : म्याग्दीको मंगला गाउँपालिका-१ पुर्णगाउँमा रहेको राष्ट्रिय जनजागृति माविको भवन भत्किएको छ। आइतबारदेखिको निरन्तर वर्षाका कारण तीन कोठे कच्ची भवन भत्किएको हो। कक्षा ६,७ र ८ का विद्यार्थी बसेर पढ्ने तीन कोठे ढुङ्गा, माटो र काठले बनाइएको भवन भत्किएको प्रधानाध्यापक टेकबहादुर राम्जालीले जानकारी दिए। 

‘तीन वटा कक्षा कोठा भवन र त्यसको छानोमा राखिएको १४ वटा सोलार प्यानल पूर्ण रुपमा क्षति भएको छ,’ उनले भने, ‘तल्लो तहका दुई वटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर बहुकक्षा अध्यापन विधी अपनाएर भत्किएका कोठामा बस्दै आएका विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाउनुपर्ने भएको छ।’

करिव २० वर्ष पुरानो भवनमा पानी चुहिएर काठ भाँचिएपछि भत्किएको विद्यालय बताइएको छ। धुरीबलो र डाडा कुहिएर छानोको ढुङ्गाको भार थाम्न नसकेपछि भत्किएको हो। कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा हाल १८७ जना विद्यार्थी अध्ययनरत छन्। एक तले पक्कि भवनमा तला थपेर तीन वटा बनाउन गाउँपालिकामार्फत पहल गरिने प्रअ राम्जालीले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.