बाढीमा डुबेर टीकापुरमा एक जनाको मृत्यु

बाढीमा डुबेर टीकापुरमा एक जनाको मृत्यु

टीकापुर : कर्णाली नदीमा पानीको सतह लगातार बढ्दै गएपछि आएको बाढीका कारण टीकापुरमा एकजनाको ज्यान गएको छ। टीकापुर नगरपालिका ८ कालिमाटीका ६५ वर्षीय करवीरे ढोलीको ज्यान गएको हो। हिजो राति कर्णाली नदी गाउँमा पसेपछि घरभित्रै डुबेर उनको ज्यान गएको हो। 

एक्कासी नदी गाउँमा पसेपछि शारीरिक रुपमा असक्त उनलाई घरमै सुरक्षित राखेर आफन्त स्थानीय विद्यालयमा गएका थिए। टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलका अनुसार घरमा पानी पसेपछि उनको ज्यान गएको हो। कर्णाली नदीको शाहीपुर, पथरैया र बनगाउँ क्षेत्रबाट विभिन्न गाउँमा पसेको छ। पथरैयामा भएको कटानले कैलालीको जानकी गाउँपालिका र टीकापुर नगरपालिका अधिकांश भुभाग जलमग्न भएका छन्। 

टीकापुर बजार क्षेत्रमा समेत पानी पसेको छ। टीकापुर नगरपालिका नगर प्रमुख तपेन्द्र रावलले बजार क्षेत्रमा पानी पसेको बताउँदै पथरैयाबाट नदीले कटान गरेपछि जोखिम उच्च भएको बताए। टीकापुर नगरपालिका १ का ब्लक नं. ए, बी, सी, १५, १६, १७, १८, २० लगायत क्षेत्रमा बाढी पसेको हो। त्यस्तै वडा नं. २ को विजगनगर क्षेत्रबाट कर्णाली नदी गाउँ पस्दा बिजयनगर, शक्तिनगर लगायतका सुकुम्बासी बस्ती डुबानमा परेका छन्। 

यता, कर्णाली नदीको शाहीपुर क्षेत्रमा भएको कटानले ५ को शाहीपुर, बसन्ता, ६ को लक्षिनापुर, ७ को सत्ती, पदमपुर, ८ को पूरै क्षेत्र डुबानमा परेको छ। कटानले हुलाकी राजमार्गअन्तर्गत सत्ती नजिक झण्डै दुई शय मिटर बढी हुलाकी सडक कटान गरेको छ भने मोहना नदीमा निर्माण गरिएको तटबन्ध समेत भत्काएको छ । 

बाढीबाट ५ का सय बढी परिवार बसन्तास्थित त्रिभुवन राष्ट्रिय माविमा सारिएको छ भने ८ को वनगाउँ, अर्नुवा क्षेत्रका सय बढी परिवारलाई राष्ट्रिय निमावि सूर्यपुरमा सारिएको छ। 

उता, जानकी गाउँपालिकाको मूर्तिया, धनवाफाँटा, कुन्ती, लायकपुर शिविर, जगतपुर लगायत झण्डै हजार बढी घर डुबानमा परेका छन्। 

बाढीले हजारौं विघा क्षेत्रमा लगाइएको धानखेती बगाएको छ। कति ठाउँमा धान बगाएको छ भने कतिमा धानखेतमा पानी जमेको स्थानीय कृषक धनसिंह साउँदले बताए। उनले मंसिरमा आएको बाढीले भोकमरीको समस्या सिर्जना हुने स्थिती आएको बताए। 

चिसापानी जल मापन केन्द्रका गेजरिडर पार्वती गुरुङले दिएको जानकारी अनुसार नदीमा पानीको सतह केही कम भएको छ। अहिले ११ मिटर पुगेको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी उद्दारमा खटिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.