इच्छाराजविरुद्ध संगठित अपराध कसुरमा अनुसन्धान

इच्छाराजविरुद्ध संगठित अपराध कसुरमा अनुसन्धान

काठमाडौं : पूर्व सांसद इच्छाराज तामाङसहित १२ जना माथि संगठित अपराध कसुरमा प्रहरीले अनुसन्धान थालेको छ। ठगी प्रकरणमा उनी विरुद्ध ११२६ जना पीडितले सिआइबीमा लिखित उजुरी दिएका छन्। सिआइबी स्रोतका अनुसार उनीविरुद्ध हालसम्म ४ अर्ब ६१ करोड २५ लाख ३४ हजार ८८७ रुपैयाँ हिनामीना गरेको आरोप छ। 

उनीमाथि यसअघि प्रहरीले सहकारी ऐन २०७४ को दफा (१२२) बमोजिमको कसुरमा अनुसन्धान अगाडि बढाएको थियो। स्रोतका अनुसार ठगीको रकम धेरै भएको र पीडितको संख्या पनि बढ्दै गएको कारण आवश्यक अनुसन्धानका लागि संगठित अपराधको कसुरमा  जिल्ला अदालत काठमाडौंबाट १८ दिनको म्याद थप गरिएको हो। 

अर्बौं रकम हिनामिना तथा ठगीको आरोपमा सिभिल ग्रुपका पूर्वअध्यक्ष तामाङसहित १२ जना गत असोज २४ गते प्रकाउ परेका थिए। सिविआइका अनुसार इच्छाराज सहितका अन्य विरुद्ध सिभिल सहकारीको खातामा बचत गरेको अर्बौं रुपैयाँ फिर्ता नदिएको आरोप छ। यो सहकारीबाट ठगिनेको संख्या अझ धेरै हुनसक्ने र रकम पनि बढ्न सक्ने प्रहरीको अनुमान छ। ठगिने व्यक्तिको हजारदेखि एकै व्यक्तिको करौडौँ रुपैयाँसम्म हिनामिना भएको उजुरीमा  छ। प्रक्राउ परेका धेरैजसो सिभिल सहकारीका कर्मचारी रहेका छन्। 

सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड २०५७ सालमा स्थापना भएको हो। यस अन्तरगत विभिन्न २० भन्दा बढी संस्था सञ्चालनमा छन्। जसको अध्यक्ष पदमा रहेर इच्छाराज तामाङले ७ वर्ष जिम्मेवारी निभाए। सहकारी र घरजग्गा कारोवारले आफ्नो आर्थिक हैसियत माथि उठाएका तामाङले अन्तत आफ्नै बचतकर्ताको रकम हिनामिना गरेको, लामो समयसम्म रकम नदिएको आरोपमा पक्राउ परेका हुन्। 

उनको मुद्धामा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार बचतकर्तालाई रकम फिर्ता दिन्छु भन्दै पटक-पटक झुठा आश्वासन दिएको र तीन वर्षदेखि कुनै पनि रकम फिर्ता नदिएको भेटिएको छ। कतिपय लगानीकर्ताको एउटै परिवारबाट करोडौं रुपैयाँसम्म सिभिल सहकारीमा बचत छ। ‘पैसा निकाल्न जाँदा दिन्छु पनि नभन्ने, भोलि भोली, अर्को दिन भन्दै लामो भाका सार्ने गरेको उजुरीबाट खुलेको छ। 

तामाङले सहकारीबाट उठाएको रकम अन्य संस्थामा लगानी गर्ने, हाउजिङ तथा घरजग्गामा प्रयोग गर्ने त्यहाँबाट आम्दानी भएको रकम सहकारीको खातामा नराखेर हिसाव गडबड गरेकाले बचतकर्ताको रकम डुब्ने अवस्थामा पुगेको अनुसन्धान अधिकृतहरु बताउँछन्। 

सिविआइका अनुसार अहिलेसम्म उजुरी र पीडितको भनाइ मात्रै सुनिएको छ। तामाङको पक्षबाट उक्त आरोपको खण्डन वा पुष्टी हुन बाँकी छ। दुवै पक्षको डिटेल्स सुचना आएपछि मात्रै अनुसन्धान पूरा हुनेछ। 

निक्षेपकर्ताले आफूले जम्मा गरेको रकमको साँवा तथा ब्याज झिक्न पटक–पटक ताकेता गर्दा पनि रकम झिक्न पाएका थिएनन्। सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीको पटकपटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको उनीहरुको आरोप छ। प्रहरीका अनुसार प्रक्राउ परेका व्यक्तिहरु सिभिल सहकारीका पूर्वअध्यक्ष, सञ्चालक र कर्मचारी हुन्। परियोजनाहरुबाट निर्माण गरिएका संरचनाहरु बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाइ विदेशी मुलुकमा समेत लगी सम्पत्ति शुद्धीकरणको कसुर गरेको हुनसक्ने अनुमान प्रहरीको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.