अध्यादेश ल्याएरै भए पनि चाँडै रेल सञ्चालनमा आउँछ : मन्त्री यादव

अध्यादेश ल्याएरै भए पनि चाँडै रेल सञ्चालनमा आउँछ : मन्त्री यादव

जनकपुरधाम : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले अध्यादेश ल्याएर चाँडै रेल सेवा सञ्चालनमा ल्याउने बताएकी छिन्। शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघले जनकपुरधाम–जयनगर रेल सेवा अविलम्ब सञ्चालन गर्न माग गर्दै विज्ञापन पत्र बुझाएपछि उनले चाँडै रेल सञ्चालनमा आउने आश्वासन दिएकी छिन्।

उनले शुक्रबार भारतीय राजदुतसँग रेल्वे सम्बन्धमै छलफल रहेकोले त्यसबाट पनि रेल्वे सञ्चालनको बारेमा केही जानकारी आउने बताइन्। उनले रेल्वे सञ्चालनको लागि आगामी कात्तिक ९ गते बस्ने संसदको बैठकबाट अध्यादेश ल्याउने सम्बन्धमा छलफल गरेर प्रक्रिया अघि बढाउने बताइन्। जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीहरुले मन्त्री यादवलाई पत्र बुझाउँदै रेल्वे सञ्चालनमा आएपछि आर्थिक तथा पर्यटकीय दृष्टिकोणले दुवै देशलाई फाइदा हुने बताए।

संघका अध्यक्ष जितेन्द्र महासेठको अगुवाइमा बुझाइएको ज्ञापन पत्रमा भारत सरकारको सहयोगमा सीमावर्ती जयनगरदेखि बर्दिबाससम्म ७२ किलोमीटर मध्ये जयनगर जनकपुर (कुर्था) सम्म प्रथम चरणको पूर्वाधार भइसकेको र रेलको इन्जिन बोगीसमेत किनेको एक वर्ष बितिसक्दा सञ्चालन नहुनु दुर्भाग्य रहेको बताए। रेल सेवा सञ्चालनमा आउन नसक्दा राष्ट्रकै उद्योग, व्यवसाय तथा पर्यटनमा अत्यधिक नाकारात्मक असर परेकोले अविलम्ब सञ्चालन गर्न माग गरिएको छ।

सो ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागी संघका पूर्वअध्यक्ष निर्मल चौधरीले रेल सञ्चालनमा आइसकेपछि सामानको भाउमा समेत कमी आउने बताए। उनले विशाखा पटनमबाट अहिले चामल मगाउँदा प्रतिकिलो ६-७ रुपैयाँ पर्ने गरेको र रेल सञ्चालनमा आइसकेपछि यो २-३ रुपैयाँमा झर्ने र त्यसको कारण विक्री मुल्य समेत घटने दावी गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.