बर्दियाका बाढी पीडितलाई उचित राहत दिन्छौं : प्रधानमन्त्री देउवा
![बर्दियाका बाढी पीडितलाई उचित राहत दिन्छौं : प्रधानमन्त्री देउवा](https://annapurnapost.prixacdn.net/media/albums/ser-bahadur_20211022151251_5mZlNOKD0r.jpg)
गुलरिया : मंगलबार कर्णालीको बाढीबाट प्रभावित बर्दिया राजापुर तथा गेरुवाका बाढी पीडितलाई उचित राहत दिने प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिवद्धता गरेका छन्। बाढीग्रस्त क्षेत्रको हवाइ निरीक्षण पश्चात् राजापुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मन्त्री परिषद्को बैठकपश्चात् राहतको उचित प्याकेज घोषणा गरिने बताए।
नागरिकलाई परेको पीडालाई सम्बोधन गर्न कुनै कसर नराख्ने बताउँदै कर्णालीको बाढीबाट धानबालीमा क्षती व्यहोरेका पीडित किसानको घाउमा मल्हम लगाउने प्रतिबद्धता गरे। बाढीका कारण बर्दियामा काटेर खेतमा राखिएको हजारौं मेट्रिक टन धानबाली बगाएको घटना प्रति प्रधानमन्त्री देउवाले चिन्ता व्यक्त गरे।
पत्रकारसँगको संक्षिप्त जिज्ञासाका क्रममा अर्थमन्त्री जनार्दन शर्माले वर्षापछि आएको बाढीले देशैभर ठूलो धनजनको क्षति पुर्याएको बताए। बाढीपछिको अवस्थालाई पूर्व अवस्थामै फर्काउने योजना बनाइ प्रधानमन्त्री सहितको टोली बाढीग्रस्त क्षेत्रमा पुगेर निरीक्षण गरेको मन्त्री शर्माको भनाइ छ। प्रधानमन्त्री समक्ष बाढीप्रभावित पालिका, किसान, बडघर, संघसंस्था लगायत स्थानीयले ज्ञापनपत्र बुझाएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)