विश्व २५ वर्ष पहिले जस्तो छैन

विश्व २५ वर्ष पहिले जस्तो छैन

नेपालमा सन् १९८० को दशकतिर मात्रै जलवायु परिवर्तनको विषयमा केही मानिस जानकार हुन थालेका हुन्। जलवायु परिवर्तनका कारण मौसमी चरम घटना भएका छन्। अनेकौं मौसमी प्रणालीले नेपाललाई हाल एकदमै असर गरेको छ। यो दसैंमा मनसुन निष्क्रिय भएपछि पनि यस्तो घटना भयो। यसमा पक्कै पनि जलवायुको असर छ। विश्व आजभन्दा २५ वर्ष पहिलाको जस्तो छैन। यस्ता घटनालाई जलवायुजन्य घटना भन्नका लागि अझै प्रमाणित गर्ने अध्ययनहरू भइसकेका छैनन्। ‘वर्षाको हकमा किटान गर्न सक्ने अवस्था छैन। अनुसन्धानको अभाव छ। पानी बढी या कम पर्छ भन्न सकिन्छ तर यति नै पानी पर्छ भन्न गाह्रो छ।

चरम मौसमी घटनाले वर्षा, खडेरी डँढेलो, समुद्री आँधी, गर्मीलगायतका घटना बढेका छन्। वर्षाको प्रक्रिया क्षेत्रीय र भूमण्डलीय नै हुन्छ। त्यसको असर भने क्षेत्रीय हुने उनले बताए। पानीलाई वास्ता नगरेर जथाभावी हस्तक्षेप गर्ने लगायतका समस्याले पनि धेरै समस्या निम्त्याएका छन्। खडेरी साइलेन्ट किलर हो। यसले लामो समयसम्म प्रभाव पार्छ। तर अब संवेदनशील भएर सोच्ने समय आएको छ। हामी यसरी अगाडि जान सक्दैनौं। अन्यथा आगामी दिनमा हामीले एकदमै गम्भीर परिणाम भोग्नुपर्ने हुन्छ। हामीमा भएका पुराना ज्ञानले मात्रै पुग्ने अवस्था नभएकाले सरकारले यस विषयमा सोच्नुपर्ने हुन्छ। पछिल्लो समय हानिनोक्सानी धेरै बढिरहेकाले सरकारले सबै ठाउँमा सूचना प्रणालीलाई बढाएमा जनधनको क्षति कम गर्न सकिन्छ।

जलवायुको क्षेत्रमा १० वर्षमा गर्ने काम पाँचै वर्षमा गर्नुपर्ने समय आएको छ। सरकार काम गर्न तयार हुनुपर्‍यो। थाहा छैन भोलि के हुन्छ ? कसैले अनुमान गर्नै सक्दैन। दसैंमा यस्तो वितण्डा होला भन्ने कल्पनासमेत गरेका थिएनौं। सबै कुरा अनिश्चित छन्। कहाँ, के हुन्छ भन्नै सक्दैनौं। उनका अनुसार नेपालले कार्बन उत्सर्जनको मात्रा निकै सानो छ। तर सन् २०१४ देखि २०२१ मा उत्सर्जन दोब्बर बढेको छ। कार्बन नभए हाम्रो पृथ्वी चिसो हुन्छ। बिरुवाहरू बनाउन यो चाहिन्छ। तर समस्या चाहिनेभन्दा धेरै भयो।

(लेखक जलवायुविद् हुन् ।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.