नयाँ अध्ययन भन्छ - श्रीमतीले श्रीमान जति कमाउँदैनन्

नयाँ अध्ययन भन्छ - श्रीमतीले श्रीमान जति कमाउँदैनन्

काठमाडौं : विश्वव्यापी रुपमा गरिएको एक नयाँ अध्ययनले श्रीमान र श्रीमतीविबीचको फरकपन देखाएको छ । दम्पतीमध्ये श्रीमतीले अझैपनि श्रीमानजति नकमाउने नयाँ अध्ययनले देखाएको हो । 

दुई दम्पतीबीच सबैभन्दा बढी कसले कमाउने भन्ने विषयमा संसारका विभिन्न ४५ भन्दा बढी मुलुकमा सन् १९७३ देखि सन् २०१६ सम्म एक अध्ययन गरिएको थियो । बैङ्लोरस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट पब्लिक पोलिसीका रिसर्चर प्रोफेसर हेमा स्वामिथन र प्रोफेसर दिपक माल्घनले करिब २० लाख ८५ हजार परिवारका दम्पतीको तथ्यांकमा आधारित अध्ययन गरेका थिए । १८ वर्षदेखि ६५ वर्ष उमेर समुहबिच करिब चार दशक लामो समयसम्म गरिएको सो अध्ययनले श्रीमतीले भन्दा बढी श्रीमानले पैसा कमाउने देखाएको हो । 

कार्यक्षेत्रमा हुने लैङ्गिक असमानता, महिलालाई काममा नपठाउने परम्परा, महिलाहरु घरायसी काममा व्यस्त रहने आदि कारण श्रीमानको तुलनामा श्रीमतीले कम कमाउने समेत अध्यननमा उल्लेख छ । 

‘पछिल्लो समय परिवारमा श्रीमान र श्रीमती दुवै जागिरे भएका मुलुकहरुमा श्रीमान श्रीमतीले बराबर मात्रामा पैसा कमाउने गरेको पनि भेटिन्छ । तर अधिकांश कम विकसित र पुरुषप्रधान मुलुकहरुमा अझैपनि श्रीमतीको तुलनामा श्रीमानले बढी कमाउने गरेका छन्’ उक्त अध्ययनमा भनिएको छ । 

सन् २०१८ मा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले गरेको अध्ययन रिपोर्टअनुसार संसारभर महिलाले काम गर्ने जम्मा समयको ७६.२ प्रतिशत बेतलबी काम गर्छन् । जुन पुरुषहरुको तुलनामा तीन गुणा बढि हो । अझ एसिया र प्रशान्त क्षेत्रमा भने सो दर ८० प्रतिशतले बढि छ । सोहि कारण श्रीमानको तुलनामा श्रीमतीले कम पैसा कमाउँछन् ।  
बीबीसीबाट 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.