पहिरोले मुहान पुरिएपछि फिदिममा खानेपानीको हाहाकार

पहिरोले मुहान पुरिएपछि फिदिममा खानेपानीको हाहाकार

फिदिम : पहिरोले मुहान बिगारेपछि फिदिम बजारमा तीन दिन यता खानेपानीको हाहाकार भएको छ। कात्तिक १ गतेदेखि ३ गतेसम्मको अविरल वर्षातपछिको पहिरोले खानेपानीका मुहान भत्काएको हो। मुहान भत्केपछि कार्तिक ३ गतेदेखि बजारमा पानीको आपुर्ति ठप्प छ। 

मुहान बगेपछि फिदिम नगरपालिका १, २ र ४ नम्बर वडामा पानीको हाहाकार भएको हो। फिदिम खानेपानी तथा सरसफाई समितिको अध्यक्ष समेत रहेका फिदिम १ का वडाध्यक्ष गजाधर भट्टराईका अनुसार पहिरोले मुहानका सबै संरचना भत्काएको छ। ‘रानीटार र लुङरुपाको बीचमा रहेको आप्तुवा खोलाको मुहान सुचारु गर्न एक हप्ता लाग्न सक्छ’, भट्टराईले भने, ‘अन्य मुहानहरु शनिबार बेलुकासम्म सुचारु गर्ने गरी काम गरिरहेका छौँ।’

नाम्दु, बर्मेली र सिस्ने मुहानलाई शनिबार बेलुकासम्ममा सूचारु गर्ने तयारी छ। तीन ओटा मुहान सूचार गरेपछि आइतबार बिहानदेखि कम मात्रामा भए पनि पानी वितरण गर्न सकिने भट्टराईले बताए। पहिरोले मुहान क्षेत्रका सबै संरचनामा क्षति पुर्‍याएको हो। पानी सूचारु गर्न नेपाली सेनाको सहयोगमा कामलाई तीव्रता दिइएको उपभोत्ता समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.