कोलम्बियाका कुख्यात लागुऔषध कारोबारी पक्राउ

कोलम्बियाका कुख्यात लागुऔषध कारोबारी पक्राउ

बोगोटा : कोलम्बियाका कुख्यात लागुऔषध कारोबारी पक्राउ गरेको छ। कोलम्बियाका कुख्यात कारोबारी डायरो एन्टोनियो उसुगा उर्फ ओटोनियललाई सुरक्षाकर्मीले पक्राउ गरेको हो । ड्रग्स कार्टेल समूह गल्फ क्लानका नायक ओटोनियलको पक्राउका लागि अमेरिका र बेलायतले गुप्तचर समूह खटाएको थियो भने कोलम्यिाले करिब ५ सयभन्दा बढि विशेष सुरक्षाकर्मी खटाएको थियो ।

करिब २२ वटा हेलिकोप्टरले जंगलमा छापा मारेपछि उनी पक्राउ परेका थिए । राष्ट्रपति इभान डकले ओटोनियलको पक्राउलाई विजय प्राप्तिको रुपमा स्वागत गरेका छन् । राष्ट्रपतिले उनलाई तीन दशकअघिका कुख्यात कोलम्बियन लागुऔषध कारोबारीका नायक मानिने पाव्लो एस्कोबारलाई गरेको पक्राउसँग तुलना गरेका छन् ।

देशमा लागुऔषध तस्करविरुद्ध ठूलो जित हाँसिल गरेको बताउँदै राष्ट्रपति इभानले भनेका छन्,‘यो जीत सन् १९९० को दशकका लागुऔषध नायक पाव्लो एस्कोबारसँगको पतनसँग मात्र तुलना गर्न मिल्छ ।' कोलम्बियन सरकारले सन् २००९ देखि कुख्यात कारोबारी ओटोनियल पक्राउका लागि खोजी जारी गरेको थियो । ५० वर्षीय उनीमाथि विदेशमा कोकिन तस्कर, हत्या र अन्य थुप्रै लागुऔषध कारोबारसम्बन्धी अपराधको मुद्धा लागेको थियो ।

ओटोनियलबारे विवरण दिनेलाई कोलम्बिया सरकारले ८ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो भने अमेरिकाले ओटोनियलको टाउकोको इनाम स्वरुप प्रतिव्यक्ति ५० लाख डलर दिने घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.