ढकमक्क फुल्यो सयपत्री (फोटोफिचर)

ढकमक्क फुल्यो सयपत्री (फोटोफिचर)

स्याङ्जा : कालीगण्डकी गाउँपालिका अहिले सयपत्रीमय बनेको छ। जिल्लामै पहिलो पटक यो गाउँपालिकाले ठूलो मात्रामा फूल खेतीको शुभारम्भ गरेको हो। सयपत्री फुलेर ढकमक्क भएपछि गाउँ नै सुन्दर देखिएको छ।

गाउँघरमा सयपत्रीको बासना छाएको छ। तिहारको झल्को बढाएको छ। बर्सेनि हजारौं रुपैयाँका माला खरिद गर्ने गाउँलेले यस वर्ष भने आफैंले फुलाएको फूल उपयोग गर्ने भएका छन्। गाउँपालिकाले फूलमा आत्मनिर्भरसहित आयआर्जन गर्न सिकाउने उदेश्यले सयपत्री रोपण सुरु गरेको जनाएको छ। कालीगण्डकी गाउँपालिका ७ स्थित लालीगुराँस होमस्टेलाई फूलैफूलको घरवास बनाउने उदेश्यले नमूना बारीचौरमा ५ रोपनीमा व्यवसायिक फूलखेती गरिएको हो।

यसैगरी, वडा न. ४ स्थित ड्रागन खेतीभित्र १५ रोपनी क्षेत्रफलमा फूलखेती गरिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए। उनले भने, ‘गाउँपालिकाले असार महिनामा २० रोपनी क्षेत्रफलमा १३ हजारभन्दा बढी सयपत्री फूलका बिरुवा रोपेको हो।’

फूलखेतीमा स्थानीयलाई जागरुक बनाउने लक्ष्य भएको उनले सुनाए। सबैले आ-आफनै पालिकामा यसरी नै फूलखेती गरी फूलमालाका नाउँमा बर्सेनि लाखौं रुपैयाँ विदेश निर्यात गर्ने काम अब रोकिनुपर्छ। सीप र जाँगर भराउन पालिकाले सहयोग गरे त्यो सम्भव छ।

सयपत्री फूलबाट कम समयमा राम्रो आम्दानी लिन सकिन्छ। सयपत्री सबैका लागि अत्यावश्यक फूल हो। विभिन्न चाडपर्व, पूजाआजा, कर्मकाण्ड र विवाहमा पनि सयपत्रीको अत्याधिक माग बढी हुने भएकाले यसतर्फ पालिकाले चासो बढाएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेल।

गत वर्षसम्म खाली र उपयोगबिहीन जग्गा अहिले फूलले रंगीन बनेको छ। व्यवसायीकतर्फ ध्यान खिचेको छ। फूलरोपणसम्बन्धी ज्ञान पाएका छन्। बेरोजगार युवालाई आयआर्जन र होमस्टेका लागि प्रयोग हुने फूल उत्पादन गर्न सहज बनेको छ।

चिसो हावापानी र घमाइलो ठाउँ भएकाले फूलखेती निकै राम्रो भएको छ। प्रति बोटबाट सामान्यतयाः २ वटा माला बन्ने फूल फुलेका जुनकुमारी थापा भन्छिन्। पालिकाले सिकाएको फूल रोपणखेतीबाट निकै खुशी भएको र आउदो वर्ष आफूले पनि खेती गर्ने इच्छा जागेको थापाको भनाइ छ।

सयपत्री फूलेर पहेलै भएपछि स्थानीयबासीले फूल टिपेर माला गास्ने काम गरिरहेका छन्। यहाँ उत्पादित फूल र माला बुटवल, काठमाडौं, पोखरा र स्थानीय बजारमा बिक्री गरिने कृषि प्राविधिक गम्बरसिंह थापा भन्छन्।

पालिकाले कर्मा ५५५ जातको सयपत्रीको बीउ ल्याएर जमाएर रोपेको जनायो। करिब ४ लाखको लगानीमा गरिएको सयपत्रीबाट २० देखि २५ लाखसम्म आम्दानी हुने पालिकाको अनुमान रहेको अधिकृत पौडेलले बताए।

सयपत्री फूलको बहुउपयोग हुन्छ। फूलले त्याग र माया दर्शाउँछ। सौन्दर्य प्रशाधनका रुपमा पनि प्रयोग गरिन्छ। सेवनले विभिन्न प्रकारका स्वास्थ्य लाभ लिन सकिन्छ भने यसको लेपनले छालासम्बन्धी रोगबाट बचाउछ भन्ने मान्यता छ। असोजदेखि टिप्न सुरु गरिएको फूल मंसिर महिनासम्म राख्न सकिन्छ। गाउँपालिकाले सुरुवात गरेको फूलखेती आउदो वर्ष ज्ञान, सीपसहित स्थानीयलाई नै हस्तान्तरण गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.