सुरक्षाकर्मीको गोली लागेर कश्मिरमा एक सर्वसाधारणको मृत्यु
श्रीनगर : भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर कश्मिरमा आइतबार एक सर्वधारणको मृत्यु भएको छ। डनमा प्रकाशित समाचार अनुसार भारत नियन्त्रित कश्मिरमा एक दूध बेच्दै हिँडिरहेका व्यक्तिको ज्यान गएको हो।
दक्षिण कश्मिर भ्यालीको जैनपोरास्थित प्रहरी क्याम्प नजिकै सुरक्षाकर्मीले क्रस फाइर गर्दा ती व्यक्तिलाई गोली लागेको प्रहरीले जनाएको छ। सो घटनापछि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
योसँगै यसै महिना भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट कश्मिरमा १२ जना सर्वसाधारको ज्यान गएको समाचारमा उल्लेख छ। पछिल्लो समय आपराधिक गतिविधि बढेको भन्दै सुरक्षाकर्मीले सुरक्षा व्यवस्था कडा पारेका छन्।