जापानी राजकुमारीले गरिन् विवाह

जापानी राजकुमारीले गरिन् विवाह

टोक्यो : जापानी राजकुमारी माको कोमुरोले शाहि पदवी त्याग्दै आफ्ना प्रेमीसँग बिहे गरेकी छन्। उनले मंगलबार सर्वसाधारण नागरिक एवम् आफ्ना प्रेमी केई कोमुरोसँग विवाह गरेकी हुन्। 

जापानमा लामो समयसम्म विवादित बनेको जोडिले मंगलबार नै विवाह र बिहे दर्ता गरेको क्योडो न्युजमा छ। सर्वसाधारसँग बिहे गरेसँगै राजकुमारी माको शाही हैसियत गुमेको बताइएको छ।

जापानमा राजपरिवारका महिला सदस्यले जनतासँग बिहे गर्दा शाही हैसियत गुम्ने र पुरुष सदस्यले जनतासँग बिहे गर्दा शाहि हैसियत नगुम्ने मान्यता रहेको बताइन्छ। 

३० वर्षीय नवदम्पतीले आज दिउँसो टोक्योस्थित पत्रकार सम्मेलन आयोजना गरेको इमपेरियल हाउसले बताएको छ। बिहेपछि नवदम्पतीले अमेरिका पलायत हुने योजना बनाएको बताइएको छ। 

उनको भेट पहिलो पटक सन् २०१२ मा टोक्योस्थित इन्टरनेसनल क्रिस्चियन युनिभर्सिटीमा भएको थियो। उनीहरुले सन् २०१७ मा अनौपचारिक रुपमा इन्गेजमेन्ट गरेका थिए। सन् २०१८ मा बिहेको मिती तोकिएपनि आर्थिक विवादका कारण उनीहरुको बिहे पछाडि सरेको बताइएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.