अमेरिकी अधिकारी र म्यानमार प्रतिनिधीबीच छलफल

अमेरिकी अधिकारी र म्यानमार प्रतिनिधीबीच छलफल

वासिङटन : वरिष्ठ अमेरिकी अधिकारी र म्यानमारका प्रतिनिधिबीच छलफल भएको छ। म्यानमार सेनाको अराजकताकाबीच दुई देशका अधिकारीबीच सोमबार भर्चुअल माध्यमबाट छलफल भएको हो। 

अमेरिकी राज्यका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले म्यानमारको राष्ट्रिय एकता सरकार (एनयुजी)का दावा लासी र जिन मर आउङसँग भर्चुअल वार्ता गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ। वार्तामा सेनाले सत्ता कब्जा गरेपछि लोकतन्त्र पुर्नवहालीका लागि भइरहेको प्रयासबारे छलफल भएको थियो। 

अमेरिकाले म्यानमारका लोकतन्त्र समर्थकलाई निरन्तर समर्थन गर्नेमा जोड दिने सुलिभानले बताएका छन्। साथै अमेरिकी वरिष्ठ अधिकारी सुलिभानले म्यानमार सेनाले गरेको निर्दयी हिंसाविरुद्ध बोल्दै भने, ‘म्यानमार सेनाले जनतामाथि गरेको हिंस्रक व्यवहारविरुद्ध अमेरिकाले निरन्तर साथ दिने छ। अन्यायपूर्वक थुनामा राखिएका सबैलाई रिहा गर्न अमेरिकाले आह्वान गर्ने छ।’

एसिस्टेन्स एसोसियसन अफ पोलिटिकल प्रिज्नसका अनुसार करिब ९ महिनाअघि फेब्रुअरी १ मा म्यानमार सेनाले सत्ता कब्जा गरेयता त्यहाँको सेनाले १ हजारभन्दा बढी जनता मारेको छ भने शैन्य शासनविरुद्ध लड्ने हजारौ व्यक्तिलाई सेनाले पक्राउ गरेको छ।   

सोहि सम्बन्धमा छलफल गर्न दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन आसियानले म्यानमारको उपस्थितीबिना मंगलबारदेखि वार्षीक शिखर सम्मेलन सुरु गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.