बैंकका प्रमुख प्रक्राउ

बैंकका प्रमुख प्रक्राउ

काठमाडौं : बैंकको रकम हिनामीना गरेको आरोपमा सिन्धु विकास बैंक काभ्रे दोलालघाटका शाखाप्रमुख सुमन खरेल प्रक्राउ परेका छन्। खरेल काभ्रे भुम्लु गाउँपालिका ८ का बासिन्दा हुन्। 

उक्त बैंकको दोलालघाट शाखाले दैनिक रुपमा संकलन हुने कारोबारबाट जम्मा भएको मौज्दात रकम एनसीसी बैंक सिन्धुपाल्चोकमा बाह्रविसे शाखामा रहेको आफ्नो खातामा जम्मा गर्ने गर्दथ्यो। 

रकम जम्मा गर्ने जिम्मेवारी पाएका शाखा प्रमुख खरेलले पछिल्लो समय बैंकमा जम्मा भएको १ करोड ७९ लाख ९० हजार ८५५ रुपैयाँ सिन्धु बैंकको खातामा जम्मा नगरी हिनामिना गरेका छन्। यो रकम सिन्धु विकास वैक दोलालघाट शाखामा २०७७ सालदेखी मौज्दात थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबी’को टोलीले खरेललाई काभ्रेबाट प्रक्राउ गरेको छ। सिविआइका प्रवक्ता श्यामकुमार महतोका अनुसार खरेलले उक्त रकम बैंकको खातामा जम्मा नगरी रकम निकाली आफूले अपचलन गरेका थिए। बैंकको रकम हिनामिना गरेकाले खरेलविरुद्ध  बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तरगत आवस्यक कानुनी कारवाही भैरहेको छ। उनलाई उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। 

झुक्काएर यौन शोषण गराउने दुई जना पक्राउ

महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले पोखराबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७ बिरौटाका ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका–१ कोल्बी का २६ वर्षीय ऋषि भट्ट छन्।

उनीहरुमाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा मुद्दा चलाएको छ। तामाङ र भट्टले एक महिलालाई काम लगाइदिन्छु भन्दै पोखरा महानगरपालिका–६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा पुर्‍याएको प्रहरीले जनाएको छ। त्यहाँ उनीहरुमाथि यौन शोषण भइरहेको थियो। 
ती महिलामाथि डर, त्रास तथा प्रलोभन दिई दिनहुँ यौन शोषण तथा यातना दिने गरिएको थियो।

पीडित महिलाले प्रहरीमा गोप्य उजुरी गरेपछि वडा प्रहरी कार्यालय बैदाम पोखराबाट खटिएको प्रहरीले उनलाईहरुलाई पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

आरोपीमाथि मानव बेचबिखन तथा ओसारपसार शीर्षकमा  जिल्ला अदालत कास्कीबाट १० दिन म्याद लिएर प्रहरी अनुसन्धान थालेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.