५ करोड ठगीको आरोपमा पूर्व इन्सपेक्टर प्रक्राउ
काठमाडौं : नेपाल प्रहरीका पूर्व इन्सपेक्टर खिलबहादुर केसी ठगीको आरोपमा प्रक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार केसीलाई मंगलबार साझ बानेस्वरबाट पक्राउ गरिएको हो।
उनीविरुद्ध ठगी तथा बैंकिङ कसुर गरेको उजुरी छ। केसीविरुद्ध पुतलीसडकस्थित रेमण्ड शपका सञ्चालक सञ्जय अधिकारीसहित ५ जनाले बैंकिङ कसुरको उजुरी दिएका छन्।
केसीले आफूले तिनुपर्ने व्यक्तिलाई रकम नभएको ७ वटा चेक दिएर बैंकिङ कसुर गरेका थिए। अनुसन्धानका क्रममा उनले ६ करोडभन्दा बढी रहकम ठगी गरेको देखिएको सिंहले पुष्टि गरे।
विराटनगरका केसी पछिल्लो समय कोटेश्वरमा बसेर रासनको ठेक्कापट्टा गर्दथे। प्रारम्भिक अनुसन्धानका क्रममा सञ्जय अधिकारीलाई मात्र केसीले ४ करोड रकम तिर्नुपर्ने देखिएको छ। हाल उनलाई दरबारमार्ग वृत्तमा राखिएको छ।