म्याग्दीका चार पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

म्याग्दीका चार पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

बेनी : म्याग्दीका चार वटा स्थानीय तहमा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ। रघुगंगा, मालिका, धवलागिरी र मंगला गाउँपालिकामा मंगलबार भएको पालिका अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको हो। 

दिपक कार्कीको अध्यक्षतामा गठन भएको ५८ सदस्यीय रघुगंगा गाउँपालिका कमिटीको उपाध्यक्षमा गमबहादुर पुन, सचिवमा झलक शर्मा, उपसचिवमा यामकुमारी गर्बुजा र दिपा पुन चयन भएका छन्।  

मालिकामा बेगप्रसाद गर्बुजाको अध्यक्षतामा दलमान पुन उपाध्यक्ष, सन्तनाथ सुवेदी (सन्तोष) सचिव, भुपेन्द्र दर्जी र धनबहादुर बोहोरा उपसचिव रहेको ६१ सदस्यीय कमिटी चयन भएको छ। 

मंगला गाउँपालिकाको अधिवेशनबाट सतप्रसाद रोक्काको अध्यक्षतामा पेमा अधिकारी उपाध्यक्ष, चिरञ्जिवी शर्मा सचिव, दर्पण रोका र चक्रलाल पाण्डे सहसचिव रहेको पालिका कमिटी सर्वसम्मत चयन भएको छ। 

होमबहादुर थापाको अध्यक्षतामा चयन भएको ५१ सदस्यीय धवलागिरी गाउँपालिका कमिटीको उपाध्यक्षमा राजाराम सुवेदी, सचिवमा रेशम छन्त्याल, उपसचिवमा विजय घर्ती र तिलक पुन चयन भएका छन्। 

बेनी नगर नेतृत्वको लागि राजकुमार थापा, नारायण जिसी र चन्द्रकुमार केसीले दावी गरेपछि मतदानको तयारी भएको छ। म्याग्दीका ६ वटा स्थानीय तहका ४५ मध्य धवलागिरी गाउँपालिका–१ गर्जा, अन्नपूर्ण–२ भुरुङ तातोपानी र ४ नारच्याङ बाहेकका वडामा कमिटी गठन भएको छ। 

अन्नपूर्ण–८ राम्चेकी देउकुमारी खोरजा एमालेको जिल्लाको एक्लो वडा कमिटी अध्यक्ष बनेकी छिन्। वडा र पालिकामा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव सहित वडामा बढीमा ३१ र पालिकामा ७५ सदस्यीय कमिटी बनाउने एमालेको विधानमा उल्लेख छ। 

वडाको अधिवेशनबाट युवाहरुलाई नेतृत्व हस्तान्तरण भएकाले पार्टी गतिविधि थप प्रभावकारी बन्ने एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए। २०७४ मा म्याग्दीमा एमालेका एक हजार ६०७ जना संगठित सदस्य रहेकोमा नयाँ थपिएका सहित तीन हजार १०० सदस्य पुगेको नेताहरुले बताएका छन्। 

बेनी नगरपालिका र मंगला गाउँपालिकामा एमालेका धेरै संगठित सदस्य छन्। अधिवेशनका लागि एमालेका नेताहरु गाउँ पसेपछि राजनीतिक सरगर्मी बढेको छ। स्थानीय स्तरमा नेता तथा कार्यकर्तामा आगामी नेतृत्वको लागि बहस, छलफल सुरु भएको छ।  अधिवेशन गर्न केन्द्रीय, प्रदेश, जिल्ला र पालिका कमिटीका नेताहरुले जिम्मेवारी बाँडफाड गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.